चेम्बर आन्दोलनकी जुझारु महिला नेतृ लिमा अधिकारी कर्पोरेट विजनेश वुमन ईन्टरप्रेनरशीप अवार्डबाट विभूषित
News Desk
Jul-20 , 2022 तारिख 05:10 बेलुका

 

काठमाण्डौं । चेम्बर आन्दोलनकी जुझारु महिला नेतृ लिमा अधिकारी कर्पोरेट विजनेश वुमन ईन्टरप्रेनरशीप अवार्डबाट विभूषित हुनु भएको छ । कर्पोरेट मिडियाको आयोजना तथा चेम्बर आन्दोलनका लौह पुरुष, प्रतिष्ठित उद्योगपति एवं नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्व। ईश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापित संस्था ईश्वरलाल प्रतिष्ठानको सह आयोजनामा सम्पन्न कर्पोरेट विजनेश अवार्ड समारोह माझ उहाँ विभूषित हुनु भएको हो ।  होटल र्याडिसनमा  मंगलबार साँझ आयोजित  कार्यक्रम माझ अध्यक्ष अधिकारीलाई उपराष्ट्र«पति नन्द बहादुर पुनले अवार्ड हस्ताण्तरण गर्नु भएको थियो । नेपाल चेम्बर अफ कमर्सकी कार्यसमिति सदस्य साथै नेपाल महिला चेम्बरकी सचिव अधिकारी सहित नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश  कुमार अग्रवाल, बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य  महासंघका कार्यकारीणी  सदस्य  सुबोध कुमार गुप्ता, नेपाल चेम्बर अफ कमर्सकी कार्यसमिती सदस्य एवम्  विन्दवासिनी लोजिष्टिकका अध्यक्ष माधव प्रसाद बराल साथै अन्य उद्योगपति, व्यवसायी, बैंकर्स, व्यवस्थापकहरुलाई उपराष्ट्र«पति नन्द बहादुर पुनले विभिन्न विधाका अवार्ड वितरण गर्नुभएको थियो ।  अवार्ड वितरण पश्चात् विभुषित हुनेहरुको सम्मानमा रात्री भोजको आयोजना समेत गरिएको थियो । 


लिमा अधिकारीको संक्षिप्त परिचय

लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्सकी कार्यसमिति सदस्य साथै नेपाल महिला चेम्बरकी सचिव हुनुहुन्छ । उहाँ व्यवसायिक रुपमा विगत एक दशक देखी हस्पिटालिटी क्षेत्रमा सकृय रहदै आउनु भएको छ। अमृता वेलनेश सेण्टरको संचालक अधिकारी ईफ्रास्टकचर डेभलपमेण्ट बैंकको संचालक समेत हुनुहुन्छ। उहाँसँग औद्योगिक  एवम् राजनीतिक पृष्‍ठभुमी बोकेका दुई भिन्न परिवारको लिगेसी जोडिएको छ । उहाँ पुर्व उपप्रधान एवम् कुशल अर्थमन्त्रीको रुपमा ख्याती कमाउन सफल स्व। भरतमोहन अधिकारीकी सुपुत्री र पुर्व प्रधानमन्त्री स्व। मनमोहन अधिकारीकी भातिजी हुनुहुन्छ भने प्रतिष्ठित उद्योगपति एवम् पुर्व सांसद कृष्णप्रसाद आचार्यकी बुहारी र डिसहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष सुदिप आचार्यकी श्रीमती हुनुहुन्छ । राजनीति मार्फत देशको आर्थिक एवम् सामाजिक विकासको अभिभारा बोक्दै राजनीतिको बागडोर सम्हाने एक राजनीतिक घरानामा हुर्केकी  लिमा देशको औद्योगिक विकासका लागि योगदान पुर्याउदै आएको आचार्य परिवारसँग वैवाहिक बन्धनमा बाँधिएसँगै व्यवसायिक क्षेत्रमा पदार्पण गर्नुभएको हो । बाल्यकाल देखी नै राजनीतिक वातावरणसँग घुलमिल भएकी लिमालाई परिवेशले  उद्योग र व्यापारको क्षेत्रमा पनि ल्याइ पुर्यायो  ।  उहाँ विगत दुई दशक यता व्यवसायमा सकृय हुनु हुन्छ ।  हालसालै मात्र उहाँ नेकपा एसको १ नं प्रदेश कार्यसमिति  सदस्यमा निर्वाचित हुन सफल हुनुभएको छ ।  त्यसो त पछिल्लो समय उहाँ समाजसेवामा पनि उत्तिकै सकृय हुनुहुन्छ । यस मानेमा उहाँ राजनीति, व्यापार र समाजसेवाको त्रिवेणी मानिनु हुन्छ । लिमाले नेपाल महिला चेम्बरको सचिवको हैसियतमा रहेर सम्पादन  गर्दै आएका कार्यहरुको चर्चा परिचर्चा हुँदै आएको छ ।अधिकारी जुझारु एवम् सबल महिला व्यवसायी नेतृको छवी बनाएकी एक प्रखर उद्यमी हुनुहुन्छ । मिलनसार व्यक्तित्वको छवि निर्माण गर्नुभएकी अधिकारी आम उद्योगी व्यवसायी माझ निकै लोकप्रिय समेत हुनुहुन्छ। उहाँ निकै  नम्र स्वभावकी हुनुहुन्छ । उहाँको जन्म विराटनगरमा भएको थियो ।