चेम्बर आन्दोलनका बौद्धिक धरोहर कमलेश कुमार अग्रवाल कर्पोरेट विजनेश लिडरशीप अवार्डबाट विभूषित
News Desk
Jul-20 , 2022 तारिख 05:14 बेलुका

 

काठमाण्डौं । चेम्बर आन्दोलनका बौद्धिक धरोहर कमलेश कुमार अग्रवाल कर्पोरेट विजनेश लिडरशीप अवार्डबाट विभूषित हुनु भएको छ । कर्पोरेट मिडियाको आयोजना तथा चेम्बर आन्दोलनका लौह पुरुष, प्रतिष्ठित उद्योगपति एवं नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्व। ईश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापित संस्था ईश्वरलाल प्रतिष्ठानको सह आयोजनामा सम्पन्न कर्पोरेट विजनेश अवार्ड समारोह माझ उहाँ विभूषित हुनु भएको हो ।  होटल र्याडिसनमा  मंगलबार साँझ आयोजित  कार्यक्रम माझ अध्यक्ष अधिकारीलाई उपराष्ट्र«पति नन्द बहादुर पुनले अवार्ड हस्ताण्तरण गर्नु भएको थियो । 

 नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अग्रवाल सहित नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश  कुमार अग्रवाल, बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य  महासंघका कार्यकारीणी  सदस्य  सुबोध कुमार गुप्ता, नेपाल चेम्बर अफ कमर्सकी कार्यसमिति सदस्य साथै नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारी, विन्दवासिनी लोजिष्टिकका अध्यक्ष माधव प्रसाद बराल साथै अन्य उद्योगपति, व्यवसायी, बैंकर्स, व्यवस्थापकहरुलाई उपराष्ट्र«पति नन्द बहादुर पुनले विभिन्न विधाका अवार्ड वितरण गर्नुभएको थियो ।  अवार्ड वितरण पश्चात् विभुषित हुनेहरुको सम्मानमा रात्री भोजको आयोजना समेत गरिएको थियो । 


कमलेश कुमार अग्रवालको संक्षिप्त परिचय

कमलेश कुमार अग्रवाल नेपाल चेम्बर अफ कमर्शको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । अग्रवाल यस अघि राजेशकाजी श्रेष्ठ नेतृत्वको कार्य समितीमा उपाध्यक्षको भूमिकामा हुनुहुन्थ्यो भने सो अघिको कार्यकालमा महासचिव, त्यस अघिको कार्यसमितीमा सचिव र कार्य समिती सदस्य भएर करिब १६ बर्ष देखी चेम्बर आन्दोलनमा सकृय रहदै आउनु भएको थियो।  अग्रवाल नागरिक लगानी बोर्ड र ह्यात प्यालेस होटलको संचालक बोर्डमा हुनुहुन्छ भने उहाँले विगतमा सरकारको अर्ध स्वामित्वको नेपाल ढलोट उद्योगको अध्यक्षका रुपमा सात बर्षसम्मको कार्यभार पुरा गर्नुभएको थियो  । त्यसो त कमलेश कुमार अग्रवालले काठमाँडौ उपत्यका खानेपानी बोर्ड, राष्ट्रिय बिमा समिती,  र नेपाल लाइफ इन्सुरेन्स कंपनी लिमिटेड र एनएमबी बैंकको संचालक समितीका रहेर समेत काम गरिसकेका छन् । अग्रवालको फोम र पोलिमर उद्योगहरुमा समेत लगानी रहेको छ ।

वाणिज्य शास्त्रमा स्नाकोत्तर अग्रवाल राजश्व सम्बन्धका जानिफकार एवम् बौद्धिक व्यक्तित्वमा गनिनु हुन्छ। विगत १७ बर्ष देखी चेम्बर आन्दोलनमा सकृय रहदै आउने क्रममा अग्रवालले देशको राजश्व क्षेत्रको विकासका लागि उल्लेख्य योगदान पुर्याउदै आउनु भएको छ । अग्रवालसँग सरकारी स्तरबाट समेत राजश्व सम्बन्धमा परामर्श लिने गरेको पाईन्छ । बौद्धिक व्यक्तित्वको छवि निर्माण गर्नुभएका अग्रवाल आम उद्योगी व्यवसायी माझ निकै लोकप्रिय समेत हुनुहुन्छ। उहाँ निकै भद्र स्वभावका हुनुहुन्छ । उहाँको जन्म धरानमा भएको थियो ।