अर्थका कारण चिनीको मुल्य बढयो,  दोषीमाथी कारबाही गर: राष्टिय उपभोक्ता मंच 
News Desk
Sep-18 , 2022 तारिख 05:39 बेलुका

काठमाण्डौं ।  अर्थ मन्त्रालयले आपूर्ति मन्त्रालयको सिफारिस लत्याउदा बजारमा चिनीको  मुल्य आकाशिएको राष्टिय उपभोक्ता मंचले जनाएको छ । उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी उपलव्ध गराउन गरेको सिफारिसलाई अर्थले लत्याउँदा प्रति किलो १ सय १० रुपैयाँभन्दा बढी मुल्यमा किन्न उपभोक्ता बाध्य भएको मंचले जनाएको हो । आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिंङ कर्पोरेशन लिमिटेडलाई ३० हजार मेट्रिक र नेपाल खाद्य व्यापार कम्पनीलाई  १० हजार मेट्रिक टन चिनी आपूर्ति गर्नको लागी छूट मूल्यमा आयात गर्न सिफारिश गरेकोमा अर्थ मन्त्रालयले वेवास्ता गर्दा अहिले बजारमा  चिनीको  मुल्य आकाशिएको भन्दै सो कार्यमाथी तत्काल अनुसन्धान गरेर कारबाही गर्न समेत मंचले माग गरेको छ ।वैंद्यरुपमा चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्दै आएकोमा अबैध बाटोबाट आयात गर्दा सरकारलाई ठूलो परिमाणमा राजस्व गुमि रहेको समेत मंचले उल्लेख गरेको छ । मंचका तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवालाई संबोधन गर्दै अध्यक्ष प्रेमलाल महर्जनले दिनुभएको निवेदनमा पहाड तथा शहरी क्षेत्रका नेपाली जनताले महंगो मूल्यमा चिनी उपभोग गर्न बाध्य भर्ई रहेकोमा यस बिषयमा तत्काल नेपाल सरकारको ध्यानाकर्षण गर्दै आम नेपाली जनतालाई सहुलियत दरमा चिनी उपलव्ध गराउने वातावरण बनाई दिन आग्रह समेत गरिएको छ ।

निवेदनमा चाडपर्वको समयमा व्यवसायी तथा व्यापारीले आफुखुशी मुल्य बढाएर मंहगोमा चिनीलगायत अन्य खाद्य बस्तुको बिक्री गर्दै उपभोक्तामाथी ठगी भैरहेको उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालयमा दर्ता उजुरीमा बडा दशैं, तिहार तथा छठ पर्वहरुमा चिनि लगायतका खाद्यबस्तुको अत्याधिक माग हुने र सोही मागको फाईदा उठाउदै कृत्रिम अभाव सृजना गरी  व्यवसायी तथा व्यापारीले कालोबजारी गर्दै आएको र सो अबैधधन्दा तत्काल अनुगमन गरि दोषीमाथी कारबाही गरेर उपभोक्ताले सहुलियत दरमा सामान खरिद गर्न पाउने व्यवस्था गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले माग समेत राखेको छ ।  

मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले  भारतबाट निर्यात प्रतिबन्ध चिनी नेपालमा पर्याप्त आपूर्ति भई रहनुको कारण नेपालको दक्षिणी सिमावर्ती क्षेत्रबाट तस्करीका कारण संभव भएको  बताउदै भन्नुभयो ुभारतबाट आउने चिनीको परिमाण दैनिक ३ सय मेट्रिक टनको हाराहारीमा रहेको छ, र त्यही चिनी नै अहिले बजारमा प्रर्याप्त मात्रामा उपलव्ध भई रहेको छ, नेपालको दक्षिणी सिमावर्ती क्षेत्रबाट तस्करीका कारण यो संभव भएको हो।’

स्वदेशी उद्योगसंग मौज्दातमा ११ हजार मेट्रिक टन मात्र चिनी रहेको भनि रहदा एकोहोरो रुपमा बजारमा चिनी पर्याप्त छ र भाउ बढनु पर्ने कुनै कारण छैन भनि अडान लिएर बजार भाउ बढाउने खेल अर्थ मन्त्रालयबाट भई रहेको समेत मंचले जनाएको छ । 

वैंद्यरुपमा चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्दै आएकोमा यसरी अबैध बाटोबाट आयात गर्दा सरकारलाई ठूलो परिमाणमा राजस्व गुमि रहेको  अधिकारकर्मी महर्जनले बताउनुभयो ।