१५औँ वर्षमा फेसियल हाउस
News Desk
Dec-26 , 2022 तारिख 11:47 बिहान


नेपालकै उत्कृष्टब्यूटीसैंलुन फेसियलहाउसले मुख्यकार्यालय काठमाडौं मलमा स्थापनाको १५औँ वर्षमनाएको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै नंम्बर १ब्यूटिपार्लर बन्न सफल फेसियलहाउस १५ औंवर्षमा आइपुग्दा आफ्नो छुट्टै नाम र सान स्थापितगर्न सफल भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि महिला चेम्बरकी अध्यक्ष उर्मिलाश्रेष्ठ, विशेष अतिथि नेपाल सुन चादितथा रत्नआभुषण संघका अध्यक्ष जोत्सनाश्रेष्ठ , नेपाल राट्रिष्य उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, राजनीतिक विष्लेसक प्रकाश रायमाझी लगायतकलाकर पत्रकारको बाक्लो उपस्थीति रहको थियो । 
१५ वटा केक काट्दै सेलिव्रेशनगरिएको बार्षिकोत्सवमा महराले आगामीदिनमा फेसियलहाउसलाई नेपालका ७७वटै जिल्लामा बिस्तार गर्ने योजना समेत रहेको सुनाइन् ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सयौंको संख्यामामहिलादिदिबहिनीहरुलाई रोजगारी दिनु सामान्य कुरा नभएको बताईन् । उनले महिलाचम्बरले फेसियलहाउस संग सहकार्य गर्ने समेत बताईन् । त्यस्तै यो अवधिमा यस पार्लरको ब्राण्ड नेपालमामात्रहोइनअन्तर्राष्ट्रियजगतमापनिलोकप्रियबनिसकेको छ । राष्ट्रियउपभोक्ततामञ्चकाअध्यक्ष प्रेमलालमहर्जनले बताए । उनले केहि वर्ष अगाडी फेसियलहाउस बन्दनै गर्ने किसिमको प्रहार भएको स्मरणगर्दै सुष्मा महराको अत्माविश्वासकाकारण नै हामिअझठुलो फेसियलहाउसमा १५ औं वार्षिक उत्सबमनाइरहेकोछौं”उनले बताए । 
राजनीतिकविष्लेसकप्रकाश रायमाझीले धमाधममानिषहरु विदेश पलायन भैरहेको बेला रोजगारी युक्तब्यवसायगर्नु नै पौरखि हातहरु भएको र यस्तै पौरखि हातहरुको प्रयासले नै देश समृद्ध तिर जानेउनलेबताए । सबै प्रकारका सौंन्दर्य सेवा एकै ठाउँमाप्राप्तगर्न सकिने  फेसियलहाउसमागुणस्तरीय सांैन्दर्यसामाग्री प्रसोधनगरी मात्रप्रयोग गरिने भएकाले सबैग्राहकको पहिलो रोजाईमा पर्न सफलभएको हो । अनुभवीतथादक्ष सांैन्दर्यकर्मीबाटसेवाप्रदानगरिने यो ब्युटिपार्लरका सेवाहरु सबै उत्कृष्ट नै छन् । 
 अनुहार र कपालमा रहेका समस्यालाई फेसियलहाउसकी सञ्चालकएवंमबरिष्ठ सौंन्र्यविद सुष्मा महरा आफैले स्कीन टेस्ट हेयर टेस्ट हेर्नेभएकाले पनि समस्यालिएर आउने ग्राहकहरुको भिडबढिरहेको छ । उनले दिने सल्लाहा सुझाब र आफ्नो त्वजाको स्याहार कसरी गर्ने भन्ने अचुकउपायदिने गर्दछन् । 
फेसियलहाउसमागरिने  हेयर स्ट्रेट र हेयर कलर पनिलामो समयसम्मटिक्ने सेवाग्राही बताउँछन् ।चाडपर्वको अवसर पारेर ग्राहकहरूलाई विभिन्न सुविधाप्रदानगर्दै आएको फेसियलहाउसले सौंन्दर्यको क्षेत्रमाआएकानयाँ–नयाँ टेक्नोलोजीहरुलाई पनिउत्तिकै प्राथमिकतामा राखेका कारण पनि यस प्रति ग्राहकको आकर्षणबढेको हो । 
 सफा एवं सुन्दर वातावरणमा सेवा संचालनगर्दैआएकोफेसियलहाउसले नेपालकाविभिन्नठाउँमाआफ्नो शाखाबिस्तार गरिरहेको छ । यसैबाटपनि फेसियलहाउसको लोकप्रियतालाई सजिलै बुझ्न सकिन्छ। प्रधान कार्यालयकाठमाडौंको सुन्धारामा रहेको फेसियलहाउसले सिटिसीमल, चावहिल, पोखराको टे«डमल, सुर्खेतकोन्यूरोड र कैलालीको धनगढीबाटआफ्नो सेवादिइरहेको छ । 
काठमाडौंको काठमाडौं मलवाटएकैपटक ८० जनाभन्दाबढि सेवाग्राहीलाई सर्भिस दिइरहेको फेसियलहाउसकीप्रवन्धनिर्देशकतथावरिष्ठ सांैन्दर्यविद् सुष्मामहाराले जानकारी दिएकीछन् । 
पmेसियलहाउसले  सानाबच्चादेखि लिएर वृद्धवृद्धासम्मकालागिविभिन्न समयमाछुटाछुट्टैप्याकेजहरु ल्याउने गरेको छ । यस्ताप्याकेजले सेवाग्राहीथपलाभाम्वितभएकाछन् । 
ट्याटू रिमुुभर, लेजर मेसिन, हेयर, व्यूटी र स्किन केयर मेसिन, स्किन टेष्ट, कृत्रिम परेलाप्रत्यारोपण(आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअफ, पेयर सिन, डेडलक, हाईट्रा फेसियलजस्ताथुप्रै नयाँ पुस्तामाप्रचलितहुने प्रविधिहरुफेसियलहाउसमाउपलब्धछन् ।

सुष्मा महराको बारेमा
सौन्दर्यविद् भन्ने बित्तिकै सुष्मा महराको नाम नै नसुन्ने सायदै होलान् । विगतदुई दशकदेखि उनले सौन्दर्यको क्षेत्रमानिरन्तर सेवादिइरहेकीछिन् । राजधानीको काठमाडौं मलमाप्रधानकार्यालय मार्फत काठमाडौंमा ३ वटा र काठमाडौं वाहिर ३ ओटाऔटलेट सञ्चालन गरीरहेको छ । 
सुष्मा महरा नेपालउद्योग वाणिज्यमहासंघको कोषाध्यक्षका रुपमाआफ्नो जिम्मेवारी सम्हालिरहेकीछिन् । सानैदेखि निडर स्वभावकाकारणव्यवसायमापनि सफलताहासिल गरेको उनीबताउँछिन् ।
राजधानीमाजन्मिएकी सुष्माले आफ्नो सफलताको पछाडि परिवारको अहम् भूमिका रहेको बताउँछिन् । उनीभन्छिन्, ‘मैले जुन सफलतापाएकी छु, त्यसको कारण मेरो परिवारलाई जान्छ, उहाँहरूको साथले सँधै मलाई अगाडिबढ्न हौसलादियो ।’
वि.सं. २०५५ सालमाएसएलसीसम्मको अध्ययन सकेपछिउनलाई साथीहरूले ब्युटीसियनको तालीमलिन सल्लाहदिए । त्यतिबेला साथीहरुको सल्लाहमै उनीब्युटीसियनको तालिममा सहभागीभइन् ।
परिवारले पनिब्युटीसियनसिक्छुभन्दाहुन्छभन्नुभयो मलाई झन् आत्मबलबढ्यो,’ उनीभन्छिन्, ‘ब्युटीसियनपनिसिकिरहेकीथिएँ, यताप्लस टुको अध्ययनपनिचलिरहेको थियो, त्यही समयमा मेरो बिहे भयो ।’ बिहेपछि परिवार र श्रीमानले पूर्ण समर्थन गरेपछिब्युटीसियन पेशाअंगालेको उनीबताउँछिन् ।

सुरुमा फेसियलहाउस सञ्चालनगर्दा केहीअप्ठ्याराहरू त आएकाथिए तर ती समस्यालाई समाधानगर्दै अगाडिबढेको सुष्माबताउँछिन् । जीवनमाजन्मेपछि मृत्यु निश्चित छ त्यसैल बाँचुन्जेल राम्रो कर्म गर्नुपर्छ भन्ने सोच आउने उनीबताउँछिन् ।
‘म आफैँ कुनै समय मृत्युको मुखमापुगेर फर्केर आएको मान्छे हो, त्यसैले जस्तोसुकै काम गरे पनित्यसलाई निरन्तरतादिनु र त्यसमाजोडतोडका साथलाग्नुपर्छ जस्तो लाग्छ,’ सुष्मा अगाडि थप्छिन्, ‘आज फेसियलहाउसमा जति पनि सिक्नआउनुहुन्छ, उहाँहरूले देश तथा विदेशमा बसेर सौन्दर्य पेशालाई अङ्गाल्दै अगाडिबढिरहनुभएको छ ।’
ब्युटीसियनहरु छालाको हेरचाहगर्दा या सेवादिने क्रममा केमिकलसँगपनि खेल्नुपर्ने र यो काम केहीचुनौतीपूर्ण रहेको पनि उनी बताउँछिन् । उनी सौन्दर्यविदहरुले सीपसिकेर मात्रनहुने बरु नयाँप्रविधिहरू पनिसिक्दै जानुपर्ने धारणा राख्छिन् ।‘आजको समयमा सबैको स्मार्ट बन्ने चाहना त हुन्छ नै, त्यसकाकारण केमिकलसँग खेल्नुपर्ने हुन्छ, जुनहाम्रालागिचुनौतीपूर्ण छ,’उनीथप्छिन् । विगतमा धेरै उतारचढावआएपनिआफूले कहिल्यै ब्रेक नलगाएको उनीबताउँछिन् । 
सफल हुनका लागि हिम्मत हार्न नहुने सुष्माको बुझाइ छ । उनी फेसियल हाउसमा सिक्नआउने विद्यार्थीलाई पनियस बारेमा भन्ने गर्छिन्। जीवनमा झन भन्दा झन् चुनौतीहरू त आउँछन् तर तीचुनौतीसँगलड्दै अगाडिबढ्नुपर्ने उनको तर्क छ । ‘जीवनमा समस्याहरु आइरहन्छन्, तर डगमडाउनु हुँदैन, काठमाडौं मलको अध्यक्ष हुँदा त मलाई धम्की समेत आयो, तर धम्की आयो भन्दैमा मैले मेरो काम नै त छोड्ने कुरा हुँदैन,’ सुष्मा भन्छिन्, ‘एकदिन संसारबाट जानु नै छ, आफ्नो कर्मलाई धर्म मान्दै अगाडिबढ्ने हो भनेर सबैकालागि राम्रो हुन्छ ।’
उनको बुझाइमा काम कहिल्यै पनिठूलो सानो हुँदैन । जसले जे कामगर्छ, त्यहीकाम उसका लागि ठूलो हो । निरन्तर गरियो भने सफल पनि भइन्छ । ‘मैले फेसियलहाउस खोल्दा यसैमाजीवन समर्पित गर्छु जस्तो लागेको थिएन, निरन्तर मेहनतले गर्दा केहीहदसम्म सफल बनाएको छ, खुशीलाग्छ,’ सुष्मा अगाडि थप्छिन्, ‘हामीकहाँ सीपसिकेर जानेहरु धेरैले रोजगार पाउनुभएको छ, विदेशमा पनि काम गर्नुभएको छ ।’