बिल भन्दा बढी औषधी, लत्ताकपडा तथा खुद्रा सामाग्रीहरू लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा
News Desk
Dec-27 , 2022 तारिख 04:45 बेलुका

वीरगञ्ज । बिल भन्दा बढी औषधी, लत्ताकपडा तथा खुद्रा सामाग्रीहरू लोड रहेको ट्रक वडा प्रहरी कार्यालय विर्ताले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका वडा नं.१० ग्रिन सिटी चोक स्थित सडकखण्डमा प्र.२-०३-००१ ख ३६९४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा नमस्ते कार्गो ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमालिइएको हो । ट्रक वीरगञ्जबाट कास्कीतर्फ गईरहेको सुचना पाएपछिवडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले हिजो राती अन्दाजी ०१:०० बजे पक्राउ गरिएको विर्ताका प्रमुख, प्रहरी निरीक्षक विशाल मल्लले जानकारी गराए ।

सो ट्रक भित्र अन्दाजी मुल्य रु.५५,१२,५३१ ।- ( पचपन लाख बाह्र हजार पाँच सय एकतिस ) बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेलापरेकाले थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागिआजराजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।