News Desk
काठमाण्डौं । भन्सार एजेन्टका विविध समस्याहरुको समाधान गर्ने उद्धेश्यले भन्सार एजेन्टको पेशागत हकहितको लागि गठित राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले आज भन्सार विभाग त्रिपुरेश्वरमा विभागका महानिर्देशक चक्रबहादुर बुढालाई भन्सार एजेन्टका विभिन्न समस्या समाधान सहितका १५ बँुदे माग सहितको ज्ञापनपत्रबुझाएको छ ।
राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएकाछन् । साथै अनियमितचोरी निकासी, गैह्र भन्सार कार्यलाई निरुत्साहित गरी भन्सार कार्यालय मार्फत मालबस्तु चेक जाँच गरी राजस्व उठाउने काममा समेत भन्सार एजेन्टको भूमिका राम्रो मानिन्छ ।
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले भन्सार कार्यालयमा हुने अनाधिकृत व्यक्तिको प्रबेश, गैह भन्सार एजेन्ट विगविगी, भारतीय नागरिकको अनाधिकृत प्रवेश, भन्सार कार्यालय भन्दाअन्यत्र क्षेत्रबाट चोरी निकासी, पैठारी, साथै सफ्टवेयर सिस्टमलाई सिस्टममा रुपान्तरण गर्न नसक्नुले राजश्व संकलनमा असर गरेकोले यसलाई बदल्न राज्यले आवश्यक कदम चाल्नु पर्ने बताउनुभयो ।
ज्ञापनपत्र बुझ्ने क्रममा भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले परिषद्को माग जायज भएकोमा उक्तमागहरु मध्ये विभागले तत्काल सम्बोधन गर्न सक्ने मागहरु आफ्नो तर्फबाटगर्ने र नितिगत मागहरुमा अर्थ मन्त्रालय संग सहकार्य गर्नको लागिभन्सार विभाग र परिषदले संगसंगै पहलगर्नुपर्ने बताउनुभयो ।
नेपालको अन्तराष्ट्रिय व्यापारको आयाममा बढोत्तरी भएको र यसको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेकोले अर्थ मन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६६० जना भन्सार एजेन्टलाई लोक सेवाआयोग मार्फत भन्सार एजेन्ट नामावली प्रकाशित गरेको थियो ।
भन्सार विभागको स्रोत अनुसार भन्सार एजेन्टको इजाजतपत्र लिइसक्नु पर्ने अवधिभित्र ६१८ जनाले इजाजतपत्र लिइएका थिए । तर इजाजतपत्र पाएको ७महिना पुगिसक्दा पनि भन्सार कार्यालयहरुमा काम गर्ने वातावरण नबनेको र भन्सार एजेन्टको इजाजत लिने समयमा कुनै सरकारी कार्यालय, आयोग, कुटनितिक नियोगकमा सेवा गरिहेका कर्मचारीको हकमा समेत अनिवार्य राजीनामा पेश पश्चात मात्र भन्सार विभागले लाइसेन्स दिइएको थियो । तर अहिले यति लामो समय बितिसक्दा समेत यस पेशामाकामगर्ने वातावरण नबनेको प्रतिपिडितपक्षको गुनासो रहेको छ ।
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपाललेभन्सार विभागमाबुझाएका १५ बुँदे माग सहितको ज्ञापनपत्र