तनहुँ बन्दिपुर ४ तल्लो डुम्रेमा चारपांग्रे सवारीका लागि अत्याधुनिक अटो वर्कशप संचालनमा आउने
News Desk
Jan-01 , 2023 तारिख 02:56 बेलुका

 तनहुँ । पृथ्वीराजमार्ग खण्डमा पर्ने तनहुँको तल्लो डुम्रेमा अत्याधुनिक अटो वर्कशप संचालनमा आउने भएको छ निर्माणाधिन बन्दिपुर केबलकारको ग्राउण्ड स्टेशन अगाडि संचालनमा आउन लागेको हो । शिद्ध मनकामना तनहुँ अटो वर्कशप प्रा. लि. ले माघको पहिलो सातादेखी सेवा प्रारम्भ गर्न लागेको कम्पनीका संचालक अनिल भट्टराईले जानकारी दिए ।

करिब २ करोड ५० लाख लगानी स्टिमेटमा ५ रोपनी क्षेत्रफलमा बहुउदेश्यिय वर्कशप संचालनमा ल्याउन लागिएको उनले बताए । ‘चार पांग्रे सवारी साधनको लागि मर्मत सम्भार, वासिङ, पार्किङ् सुविधासहित क्याफे पनि सँगै संचालनमा ल्याउन लागेका छौँ,’ उनले भने ‘करिब २० देखी २५ बर्ष सम्म काम गरेका अनुभवी मेकानिक्ससहित वर्कशपका लागि मात्रै २० जना स्टाफ हामीसँग हुनेछन् भने उच्च प्रविधिको प्रयोग पनि गर्दैछौ । त्यसैले शिद्ध मनकामना तनहुँ अटो वर्कशप गण्डकी प्रदेशकै नमुना र देश भरको उत्कृष्ट मध्येको एक रहेको छ भन्दा अन्यथा हुने छैन्’ ।