व्यवसायीलाई सरकारबाट सुविधा लिन सजिलो छैन् : दिपक प्रकाश बास्कोटा
News Desk
Feb-01 , 2023 तारिख 01:02 बेलुका

 काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालका संस्थापक सदस्य तथा पूर्व गृहराज्य मन्त्री दिपक बास्कोटाले व्यवसायीलाई सरकारबाट सुविधा लिन सजिलो नरहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासंघ नेपालले आफनो तेस्रो बार्षिकोत्सवको अवसर पारेर मंगलबार आयोजना गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सरकारबाट लिन सजिलो छैन् भन्ने कुरा व्यवसायीका हिसाबले आफुले धेरै थाहा पाएको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो ’हामीले भेटन नि सजिलो भयो, दिन पनि सजिलो भयो र माग्न पनि सजिलो भयो तर सरकारबाट लिन त्यति सजिलो छैन्, गार्हो कुरा छ ‘ ।

आफु सरकारमा थोरै समय, तल बसेकाले धेरै कुरा थाहा नभएको उल्लेख गर्नुहुँदै उहाँले व्यवसायमा लागेको ४० बर्षको अनुभवमा सरकारबाट आवश्यक सुविधा प्राप्त गर्न नसकेको भन्दै नीतिगत व्यवस्थामा सुधारको खाचो रहेको भनाई राख्नुभयो ।

योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. गोबिन्द पोखरेलसँगको भेटको क्रममा आफुले सरकारले सिंहदरबारमा जनतालाई के दिउ भनेर बसेको र जनताले पनि के लिउ भनेर धाउने तर सरकारले एउटा योजना बनाउदै गर्दा पब्लिकले त्यो खोज्दा खोज्दै अर्को साल अर्को योजना आउने र पुरानो सकिने गरेको धारणा राखेको बताउनुहुँदै बास्कोटाले भन्नुभयो ’बजेट बन्दा दुई चार बर्ष नीति नफेरिनेगरी जनताले त्यसलाई उपयोग गर्न सक्ने गरि सुझावहरु पनि हामीले विगतका सरकारलाई दिदै आएको हो । तर कार्यान्वयन हुन सकेको छैन्’ ।