वीरगञ्ज महानगरपालिकाको बजार अनुमगन अझ तिब्र
News Desk
Feb-02 , 2023 तारिख 05:18 बेलुका

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले बजार अनुमगनलाई अझ तिब्रता दिने भएको छ । बुधबार महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिको बसेको बैठकले बजार अनुगमनलाई अझ तिब्रता दिदै प्रभावकारी बनाउने निर्णय गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन समितिको संयोजक एंव उपमेयर इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको उपमेयर आलमका प्रेस सल्लाहकार सद्धाब मलिकले जानकारी दिए

।बैठकमा अहिले भैरहेको बजार अनुगमनलाई तिब्रता दिदै खाद्यान्न पसलहरुमा म्याद गुज्रिएका सामान भेटिए सम्बन्धित पसलेलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको छ । बैठकमा वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त , वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल , वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुरका साथै सरोकारवाा संघसंस्था र निकायका प्रतिनिधीहरुको पनि सहभागिता थियो ।