१० औ कतार अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा निर्यात व्यवसायी महासंघ नेपालको नेतृत्वमा सहभागिताका लागि प्रतिनिधि मण्डल कतार प्रस्थान
News Desk
Mar-15 , 2023 तारिख 04:14 बेलुका

कतार स्थित दोहा प्रदर्शन कन्भेसन केन्द्रमा मार्च १५–१९, २०२३ मा हुने १० औ अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा नेपाल बाट निर्यात व्यवसायी महासंघका उपाध्यक्ष, मेला आयोजना समिति तथा अनुशासन, संगठन प्रवद्र्धन एवम् संघ/संस्था समन्वय समितीका संयोजक गोविन्द घिमीरेको नेतृत्वमा २१ सदस्य प्रतिनीधि मण्डल, प्रदर्शनीकर्ता, र भिजिर्टसका रुपमा कतार प्रस्थान गरेको छ । चिया, जडीबुटी हर्वल, अलैची, अदुवा, डेरीका उत्पादन, तथा वस्तुगतसंघको प्रतिनीधित्व रहने गरि नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार, निर्यात व्यवसायी महासंघ, नेपाल आयोजक तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रही मेलाको आयोजना भइरहेको छ । ६ वटा उद्योग प्रतिष्ठानहरु, अल्टरनेटिभ हर्वल प्रोडक्टस् प्रा लि, हिमालयन बायो ट्रेड, कन्चनजंघा टिस्टेट, ईलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी लिमिटेड, एभरेष्ट लार्ज कार्डमम् उद्योगको सहभागिता रहने यस मेलामा नेपाल टी, नेपाल हव्र्स, लार्ज कार्डमम् कलेक्टिभ ट्रेडमार्कको प्रर्वद्धन गरिनेछ ।

कतार नेपालको व्यवसायिक सम्बन्ध बैदेशिक रोजगार, गन्तव्य देश मात्र नभई नेपालका मौलिक उत्पादनको पहिचार र प्रर्वद्धनका लागि कतार सरकार, नेपाल सरकार नेपाली राजदुतावास, निर्यात व्यवसायी महासंघको संयुक्त प्रयासमा ६ दिने मेलामा सहभागिता तथा पारस्परिक व्यापारिक सम्बन्ध विस्तार गरि नेपालका मौलिक तथा बिशिष्टिकृत ब्राण्डका वस्तुहरु कतार निर्यात गर्न सहयोग पुग्ने उदेश्यले मेलामा नेपाली प्रतिनीधि मण्डल आज प्रस्थान गरेको छ ।

महामहिम राजदुत डा. नरेश बिक्रम ढकालज्यू, भुवन भट्टज्यू त्यहाँ स्थित नेपाल व्यवसायी संघका अध्यक्ष श्री महेन्द्र चम्लागाई, श्री शंकर न्यौपाने दोहा चेम्बर्स, व्यवसायिक प्रतिष्ठानहरु बिच नेपाली व्यवसायीहरु बीच B2B Meeting का लागि तयारी भएको भएको छ ।

यसै सन्दर्भमा दोहा स्थित महामहिम राजदुतज्यूको रोहवरमा निर्यात व्यवसायी महासंघका उपाध्यक्ष श्री गोविन्द घिमिरे र नेपाल व्यवसायी संघ कतारका अध्यक्ष श्री महेन्द्र चम्लागाईको नेतृत्वमा दुई संस्था बिच नेपालको निर्यात व्यापार प्रर्वद्धनका लागि सहकार्य गर्ने MoU मा हस्ताक्षर समेत गर्ने कार्यक्रम रहेको छ । कतार र नेपालको व्यवसायिक सम्वन्धमा यस मेला र दुई सस्था बीच हुने संझौताले नेपालका मौलिक उत्पादन र निर्यात व्यापार प्रर्वद्धनमा थप सहयोग पुग्नेछ ।