ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न 
News Desk
Mar-25 , 2023 तारिख 03:04 बेलुका

ललितपुर।ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुर मानभवन स्थित क्रिस्टल पार्टि प्यालेसमा शनिवार आयोजित उक्त साधारण  सभाको उदघाटन उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभयो । साधरण सभाको उदघाटन पस्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले अहिले देशमा देखिएको आर्थिक संकटलाई समाधान गर्न सरकारले दुई तीन दिन भित्रमै ठोस् कार्यक्रम अघि सार्न लागेको जानकारी दिदै भन्नुभयो ‘सरकारको प्रमुख उदेश्य  देशलाई कसरी समृद्ध बनाउने भन्ने तिर नै छ, सामाजिक न्यायका लागि पनि जनताले अनुभुत गर्ने गरि अहिले देशमा देखिएका समस्या समाधान गर्दै अघि बढनुपर्ने आवश्यकता छ ।  चेम्बर लगायत उद्योगी व्यवसायी, अर्थविदका कुरा हामीले  सुनिरहेका छौ  र देखि पनि रहेका छौँ,  अहिलेको समस्यालाई सरकारले गम्भिरतापुर्वक लिएको छ, समाधानका गर्न सरकार प्रतिबद्ध छ र हामी दुई तीन दिन भित्रमै ठोस् कार्यक्रम अघि सार्ने तयारीमा छौँ’ । 

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ललितपुरको  कला र संस्कृतिलाई प्रबर्धन गर्न निर्यात र बजारीकरणको  आवश्यकता औल्याउनुहुँदै पुर्खौली व्यवसायलाई पुस्ताण्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।  निर्यात भन्दा आयात ९ गुणाले बढी रहेको अवस्था बारे अवगत गराउनुहुँदै अध्यक्ष मल्लले सरकारको ढुकुटी  खिम्चिएको अवस्थामा आत्मनिर्भर बन्न विदेशी डलर आर्जन तथा संचितीमा योगदान पुग्ने गरि काम गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले एकै चोटी बैंक व्याजमा भएको ब्रिद्धीले व्यवसाय क्षेत्र समस्यामा रहेको उल्लेख गर्नुहुँदै व्याजदर सिंगल डिजिट र बेस रेट प्रिमियम २ प्रतिशत  भन्दा बढी  हुन नहुने बताउनुभयो ।                 

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुर चेम्बरको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गर्नुहुँदै कला र संस्कृतिको वैभव ललितपुरको विकासमा निजी क्षेत्रबाट चाल्दै आएको भूमिकाबारे प्रकाश पार्नुभयो । अध्यक्ष शाक्यले ९ बुँदे प्रस्तावहरु प्रस्तुत गर्दै कोभिड पस्चात देखिएको आर्थिक संकट, बैक व्याजदरको समस्या समाधान, कृषि क्षेत्रको संबद्र्धन,  पर्यटन विकास, कला र संस्कृति प्रबद्र्धन, औद्योगिक ग्राम संचालन, हस्तकलाजन्य सामाग्रीको प्रबद्र्धन, निर्यात र कर व्यवस्थामार्फत सहजीकरण जस्ता व्यवसाय क्षेत्रका जल्दाबल्दा विषयमा सरकारको ध्यानआकृष्ट गर्न चाहेको बताउनुभयो । 

त्यसैगरि ललितपुर क्षेत्र नंबर २ बाट निर्वाचित संघिय सभा सदस्य प्रेम महर्जनले हरेकले आनन्दपुर्वक जीवनयापन गर्ने चाहना राख्ने बताउनुहुँदै काम कारवाही, उत्पादनसँग जीवन जोडिने हुँदा वर्तमानमा देखिएको संकट टार्न पनि खेतीयोग्य जमिनको संरक्षण गर्दै कृषि कर्मलाई बढवा दिनुपर्ने र रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।  

लितपुर क्षेत्र नंबर ३ बाट निर्वाचित संघिय सभा सदस्य तोसिमा कार्कीले अर्थतन्त्र खस्कदै गर्दा बजार प्रभावित भएको र लघु बजारको साँख पनि खस्कदै गएको सन्दर्भ उल्लेख गर्नुहुँदै यस्तो अवस्थामा सजक हुँदै कसरी जोगाउने भन्ने अभ्यास हुनुभने सकरात्मक रहेको बताउनुभयो ।  

सो अवसरमा प्रदेश सभा सदस्य प्रेमभक्त महर्जनले जग्गा जति बाजो हुने र युवा जति विदेशिनुपर्ने अवस्थालाई रोक्न आवश्यक रहेको औंल्याउनुभयो । 

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले विपद लगायतका काममा ललितपुर चेम्बरसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि त्यसरी नै अघि बढने शुभेच्छा व्यक्त गर्नुभयो । 

सो अवसरमा मुक्तिनाथ विकास बैंक, ज्योती पुन्ज सहकारी, थसाङ थकाली, सिन्सियर हर्बल व्युटि पार्लर एण्ड टे««निङ सेण्टर, सम्झना ल्याब , शोभा इन्टरप्राइजेज, पाटन आँखा केयरलाई सम्मान समेत गरियो ।