नेपाल चामल दाल तेल उद्योग संघबाट सुबोधकुमार गुप्तालाई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवारीका लागि सिफारिश
News Desk
Mar-27 , 2023 तारिख 12:40 बेलुका

वीरगञ्ज । नेपाल चामल दाल तेल उद्योग संघले सुबोधकुमार गुप्तालाई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवारीका लागि सिफारिश गरेको छ । संघले गुप्तालाई महासंघको वस्तुगततर्फको कार्यकारिणी सदस्य पदका लागि सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । चामल दाल तेल उद्योग संघको केन्द्रीय अध्यक्षसमेत रहेका गुप्तालाई संघले दोस्रो कार्यकालका लागि सिफारिश गरेको हो ।

गुप्ता अहिले महासंघको कार्यकारिणी सदस्य छन् । उनी वस्तुगततर्फ सो संघबाटै कार्यकारिणी सदस्यमा चुनिएका हुन् । महासंघको नेतृत्वमा पुगेर चामल, दाल र तेल उद्योगसँगै समग्र निजीक्षेत्रका समस्याको उठान र सम्बोधनमा अग्रणी भूमिका निर्वाह गरेकाले संघले दोस्रो कार्यकालका लागि पनि महासंघको सदस्यमा उनलाई सिफारिश गरेको हो । यही चैत २८ गतेदेखि काठमाडौंमा शुरू हुने महासंघको महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै छ ।

गुप्ता वीरगञ्ज उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष पनि हुन् ।