ईश्वरलाल श्रेष्ठ लाईफ टाइम एचिभमेन्ट अवार्ड ताराचन्द्र केडियालाई 
News Desk
Apr-10 , 2023 तारिख 04:07 बेलुका

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्वर्गिय इश्वरलाल श्रेष्ठको स्मृतीमा स्थापित इश्वरलाल श्रेष्ठ लाईफ टाइम एचिभमेन्ट अवार्ड २०७९ अग्रणी उद्योगपति तारा चन्द्र केडियालाई प्रदान गरिएको छ । सोमबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औ वार्षिक साधारण सभा माझ उद्योगपति केडियालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चेम्बर अध्यक्ष राजेन्द्र मल्लले उक्त सम्मानबाट विभुषित गर्नुभएको हो । स्वर्गिय इश्वरलाल श्रेष्ठ परिवारको प्रायोजन रहेको उक्त अवार्ड वितरण गर्ने क्रममा चेम्बर पूर्व  अध्यक्ष श्रेष्ठका सुपुत्रद्वय प्रदिपलाल श्रेष्ठ र प्रशान्तलाल श्रेष्ठ एवम् चेम्बर उपाध्यक्ष समेत रहनुभएकी सुपुत्री उर्मिला श्रेष्ठको उपस्थिती रहेको थियो ।  

सोही अवसर माझ विभिन्न विधा अन्तर्गत उद्योगपति      व्यवसायी एवम नगर जिल्ला समितिलाई समेत विभिन्न अवार्डबाट सम्मानित गरियो । जसमा वनवरीलाल मित्तल मेमोरियल अवार्डबाट पर्यटन व्यवसायी कर्ण शाक्य, राज बहादुर चिपालु मेमोरियल अवार्डबाट कर्ण बहादुर मल्ल, ईन्द्रभक्त श्रेष्ठ मेमोरियल अवार्डबाट बालकृष्ण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्डबाट राष्ट्रिय आविस्कार केन्द्र, जुद्ध बहादुर श्रेष्ठ मेमोरियल अवार्डबाट रेशम बहादुर श्रेष्ठलाई सम्मानित गरियो ।  

त्यस्तै पालिका र जिल्ला स्तरमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र ललितपुर चेम्बर अफ कमर्श सम्मानित भए भने चलचित्रतर्फ प्रियंका कार्की सम्मानित भईन् ।

तारा चन्द केडिया केडियाको परिचय 

तारा चन्द केडिया केडिया संगठनका अध्यक्ष हुनुहुन्छ। केडियाले सम्मानका साथ स्नातक डिग्री पूरा गर्नुभएको छ। उहाँ रिलायन्स इन्स्योरेन्स, प्रुडेन्सियल इन्भेष्टमेन्ट प्रालिका अध्यक्षसमेत हुनुहुन्छ ।  प्रुडेन्सियल डेभलपर्स, ब्रिज सिमेन्ट,  गुराँस सिमेन्ट, मेगना कर्पोरेशन सेक्युरिटीज र श्री स्टिल इन्डस्ट्रिज प्रालि जस्ता अन्य व्यवसायमा पनि उहाँ संलग्न हुनुहुन्छ। उहाँ सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष रहिसक्नु भएको छ ।