नेपाल चेम्बर अफ कमर्सको ७२ औ वार्षिक साधारण सभा माझ ललितपुर चेम्बर अफ कमर्स सम्मानित 
News Desk
Apr-10 , 2023 तारिख 05:59 बेलुका

काठमाडौं । सोमबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औ वार्षिक साधारण सभा माझ ललितपुर चेम्बर अफ कमर्स सम्मानित भएको छ । जिल्ला चेम्बर अफ कमर्स मध्ये उत्कृष्ट बन्दै ललितपुर चेम्बर अफ कमर्स चेम्बर अवार्ड २०७९ बाट सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र र चेम्बर अध्यक्ष राजेन्द्र मल्लले दोसल्ला ओडाई सम्मान गर्नुभएको थियो ।  ललितपुर चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष पुष्परत्न शाक्यले उक्त सम्मान ग्रहण गर्नुभएको थियो ।