News Desk
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ। राष्ट्र बैंकका अनुसार वार्षिकोत्सव समारोह आज दिउँसो ३ बजे बैंकको केन्द्रीय कार्यालय प्रांगण, बालुवाटारमा आयोजना हुनेछ।
उक्त विशेष समारोहमा बैंकका पूर्व गभर्नर, पूर्व डेपुटी गभर्नर, पूर्व कार्यकारी निर्देशक, पूर्व निर्देशक सहभागी हुने राष्ट्र बैंकले जनाएको छ।