News Desk
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा ६७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको ८ लाख ९३ हजार १२१ टन सिमेन्ट तथा क्लिकंर निर्यात भएको छ । यो २०७९ साउनदेखि २०८० जेठसम्मको तथ्यांक हो । पछिल्ला दुई आर्थिक वर्षदेखि सिमेन्ट निर्यातले निरन्तरता पाएको हो । सरकारले सिमेन्ट निर्यातमा नगद अनुदान दिनेलगायतका व्यवस्था गरेकाले पनि उद्योगीहरूले निर्यात गर्न थालेका हुन् ।