News Desk
काठमाडौँ । सोमबार नेप्सेमा उच्च घटबढसँगै नेपाल स्टक एक्सचेञ्जमा सामान्य सुधार छाएको छ । घटेर कारोबार सुरु भएपनि अन्तिममा वृद्धिसहित ५।१९ अंकले बढेर बन्द भएको हो ।
परिसूचक ०।२६ प्रतिशतले घट्दा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य सुधार आएपनि १६३ कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, ६४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज सीवाईसीएल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सयपत्रि हाइड्रोपावर कम्पनीको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ ।
यस्तै, अन्य दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । ४ कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५।२९ प्रतिशतले खुम्चिएको छ ।