पर्यटन समिति र उद्योग मन्त्रीबीच भेट, होटल व्यवसायलाई उद्योगको सुविधा दिन माग
News Desk
Oct-02 , 2023 तारिख 10:12 बेलुका

काठमाडौं । पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिन माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको उक्त समितिले महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत ९अजित० लगायतका उद्योगी व्यवसायीहरुले उद्योग मन्त्री रमेश रिजाललाई भेट गरी होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिनमा माग गरेको हो ।

‘व्यवसायीले होटल क्षेत्रमा ठूलो पुँजी गानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलोपरिमाणमा विदेशी मुद्रा आर्जन गरी मूलूकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुन्याएको छ,’ मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाउँदै समितिका सभापति वस्नेतले भने, ‘तसर्थ यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरीउत्पादनमूलक उद्योग सरह मान्यता दिन आग्रह गरेको छ ।’

अर्थतन्त्र र गन्तव्य विकासमा होटल क्षेत्रको विशेष योगदान रहेको भन्दै यस क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण नगरी राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिन उक्त समितिको माग छ । साथै होल क्षेत्रले पर्यटकिय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा होलको विशेष योगदान हुने वस्नेतले जानकरी दिए । साथै सोका लागि होटल व्यवसायका लागि विद्युतको सहुलियत दर रेट करमा विशेष छुट सहित उद्योग सरहको सुविधा उपलब्ध गराउन उक्त समितिले आग्रह गरेको छ ।

समितिले होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन गर्नुपर्ने माग अघि सारेको छ । ‘अहिले ऐनमा व्यवस्था भए अनुसार कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क बढी नहुने गरी पठाउन मात्र पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ,’ समितिले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ,’ ‘अन्तरराष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ।’होटल व्यवसायमा विदेशी ब्राण्ड र लगानी बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन ऐनमा भएको उक्त प्रावधान तत्काल हटाउनुपर्ने वस्नेतले बताए ।

उद्योग मन्त्री रमेश रिजालले प्रतिनिधिमण्डलको ज्ञापन पत्रको अध्ययन गर्ने र समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने गरी प्रतिवेदन तयार गर्न सचिव र महानिर्देशकलाई अनुरोध पनि गरेका छन् ।मन्त्री रिजालसँगको भेटमा पर्यटन तथा हवाई समितका सल्लाकार तथा सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।g