कोईला किन्न नसक्दा  हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द
News Desk
Nov-01 , 2023 तारिख 05:26 बेलुका

मकवानपुर ।  हेटौँडा सिमेन्ट उद्योगले उत्पादन बन्द गरेको छ। उद्योगमा मासिक तीन हजार ६०० मेट्रिक टन कोइला खपत हुने गरेकामा आर्थिक संकटको कारणबाट कोईला किन्न नसक्दा उद्योगको उत्पादन बन्द भएको हो। उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सोमबारदेखि सिमेन्ट उत्पादन बन्द गरेको बताए। महाप्रबन्धक पाण्डेले आर्थिक संकटबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योग पुनः सञ्चालनमा ल्याउने बताए।  

कूल तीन लाख बोरा सिमेन्ट काठमाडौंलगायतका विभिन्न शहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ। 

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ  ।  कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनले बताए। बडादशैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको पाण्डेले जानकारी दिए।