गुल्सन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी घोषित
News Desk
Nov-06 , 2023 तारिख 06:14 बेलुका

काठमाण्डौ । नेपालका तीव्र गतिका बलर गुल्सन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी घोषित भएका छन्।  प्रतियोगितामा उत्कृष्ट भएका गुल्सनले मोटरसाइकल पाए। गुल्सनले प्रतियोगिताभर ७९ रन र ५ विकेट लिएका थिए। 

ओपनर कुशल भुर्तेल भने उत्कृष्ट ब्याटर घोषित भए। घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा १ सय ८५ रन बनाएका थिए। ओमानका विलाल खान उत्कृष्ट बलर घोषित भए। विलालले ५ खेलमा ११ विकेट लिएका थिए। 

आइतबार भएको फाइनलमा ओमानले सुपर ओभरमा नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो। नेपाल र ओमान दुवैले फाइनल पुग्दै सन् २०२४ मा हुने आईसीसी टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।

शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले हराउँदै टी–२० विश्वकपमा स्थान बनाएका थिए।