१२ औं कर दिवसको अवसरमा ललितपुरमा अन्तर्कृया कार्यक्रम सम्पन्न
News Desk
Nov-21 तारिख 04:20 बेलुका

ललितपुर । १२ औं कर दिवसको अवसरमा ललितपुरमा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।अन्तर्कृया कार्यक्रम  ललितपुर चेम्बर अफ कमर्सको संयोजन तथा आन्तरिक राजश्व कार्यालय ललितपुर १  को  आयोजनामा सम्पन्न भएको हो । अन्तर्कृया कार्यक्रममा सरकारले गरेको कर दर रेटबाट व्यवसायीमा पर्ने असर बारे घनिभुत  छलफल भएको छ ।  

सो अवसरमा आन्तरिक राजश्व कार्यालय ललितपुर १ का प्रमुख नवराज पन्थीले  गुनासो सुन्ने, समस्या सुन्ने, कर सम्बन्धमा भएका नयाँ परिमार्जन बारे जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले कर प्रशासन प्रविधि मैत्री र करदातामैत्री बन्दै गईरहेको र कर नागरिकको सेवा सुविधाकै निम्ति राज्य संचालन, सुरक्षा, नियमन र विकासका लागि कर उठाईने हूँदा कर सम्बन्धी न्युनतम मापदण्ड पालना गर्दै बेलैमा कर तिर्न उद्योगी एवम् व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।


कार्यक्रमलाई संबोधन गर्नुहुँदै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले नेपाल सरकारको कर नीति विगतको तुलनामा सुधारोन्मुख रहेकाले करमैत्री बन्दै गएको उल्लेख गर्नुहुँदै धेरै ठाउँमा कर तिर्नुपर्ने वाध्यताबाट व्यवसायीहरु अझै मुक्त हुन भने नसकेको भन्दै सो सम्बन्धमा पुनरावलोकन गर्नुपर्ने राय पेश गर्नुभयो ।अध्यक्ष शाक्यले कर प्रणाली बारे सचेतना अभिब्रिद्धीका कार्यक्रम बेलाबेलामा सरकारीस्तरबाट नै संचालनमा ल्याउनुपर्ने, करदातालाई राहत पुग्ने गरि कर प्रशासनबाट साथ सहयोग रहनुपर्ने  धारणा राख्नुभयो ।

कार्यक्रम माझ कर अधिकृत श्याम आचार्यले प्रस्तुती दिनुहुँदै कर कार्यालय सेवाग्राहीकै हो र कर्मचारी सेवाका लागि खटिएका हुन भन्ने बुझ्न् आग्रह गर्नुहुँदै कर नीतिमा समय सापेक्ष सुधार हुँदै आएको बताउनुभयो । सो अवसरमा उहाँले आर्थिक ऐन २०७९ मा भएका सुधार तथा परिमार्जित कर प्रणाली बारे जानकारी दिनु हुँदै  के भयो भने मिस म्याच हुन्छ, पालिका अनुसार निर्धारित कर व्यवस्था, अन्तशुल्क शुल्क, बिलम्ब, विद्युतिय बिल बिजकआदी बिषय र प्रावधान बारे जानकारी दिनुभएको थियो ।

त्यसो त अन्तर्कृया कार्यक्रम माझ उद्योगी व्यवसायीहरुले कारोबार विवरण बुझाएर कर तिरिसकेको बिषयमा दश बाह्र बर्षपछि आएर कर प्रशासनले मिस म्याच देखाएसँगै व्यवसाय संचालकहरुमा हाल त्रास एवम् आतंक फैलिएको बताउदै निर्यातमा एक्जिम कोडको प्रावधान, कर छुट, बिमा, भ्याट आदी प्रावधान बारे जिज्ञासा राखेका थिए । त्यहाँ उठेका सवाल उपर जवाफ पेश गर्नुहुँदै कर अधिकृत आचार्यले मुख्य रुपमा करदाताहरु मिसम्याचको कार्वाहीमा परिने हो कि भनेर डराउदै आएको स्थिती र चासो साथै जिज्ञासा पनि बढि उठेकोले त्यसबाट नआत्तिन र आतंकबाट नै सचेतना अभिब्रिद्धी एवम सुविधा लिने बिषय बारे थाहा हुन आउने उल्लेख गर्नुभयो । साथै उहाँले १० करोड भन्दा माथि कारोबार गर्ने व्यवसायिक कम्पनी वा फर्म अनिवार्य विद्युतिय कारोबार गर्नुपर्ने र मल्टि प्लेक्स, पार्टी प्यालेस आदी केही प्रकृतीकाले ५ करोड कारोबारमा समेत विद्युतिय बिजक जारी गर्नुपर्ने प्रावधान आदी बिषयमा स्पष्ट पार्नुभएको थियो ।


कार्यक्रममा कर अधिकृत, ललितपुर चेम्बर अफ कमर्स, ललितपुर महिला चेम्बर, ललितपुर युथ चेम्बर, गोदावरी चेम्बर र महालक्ष्मी चेम्बर सम्बद्ध पदाधिकारी एवम् सदस्य लगायतका उद्यमी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

धेरै पढिएको