नेप्सेको पुनर्संरचना फाइल अर्थ मन्त्रालयमा
News Desk
Nov-23 , 2023 तारिख 03:24 बेलुका

नयाँ स्टक एक्सचेजको चर्चा चलिरहेको बेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्ने विषय अर्थ मन्त्रालय पुगेको छ।

पुनर्संरचनाको मोडलसहित प्रतिवेदन नै तयार गरी नेप्सले अर्थ मन्त्रालय पठाएको हो।

नयाँ स्टक एक्सचेजको चर्चा चलिरहेको बेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्ने विषय अर्थ मन्त्रालय पुगेको छ।

पुनर्संरचनाको मोडलसहित प्रतिवेदन नै तयार गरी नेप्सले अर्थ मन्त्रालय पठाएको हो।

अहिले नेप्से आफैँले भने नयाँ लाइसेन्सभन्दा पुनर्संरचना गरेर अघि बढ्नुपर्ने आशयका साथ प्रतिवेदन तयार गरेको पाइएको हो।

नेप्सेका अनुसार ‘नेप्से पुनर्संरचना’को प्रतिवेदन करिब एक वर्ष लगाएर तयार पारिएको हो।

यसअघिका सीईओ चन्द्रसिंह साउदको पालामा पनि यस किसिमको अध्ययन भएको थियो। त्यतिखेर पुनर्संरचना सम्बन्धी अध्ययन आन्तरिक रूपमा गरिएको थियो।

साउदअघि महाप्रबन्धक (पछिल्लो समय सीईओ भन्न थालिएको) रहेका सीताराम थपलियाको पालामा भने पुनर्संरचना सम्बन्धी अध्ययन वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुर्दशनराज पाण्डेले गरेका थिए। त्यतिखेर पनि सूचकांकहरूको विकाससम्बन्धी प्रतिवेदन आन्तरिक रूपमा तयार गरिएको थियो।

नेप्सेमा कसको कति लगानी?
नेप्सेमा सरकारको ५८।६६ प्रतिशत सेयर लगानी छ। बाँकी लगानीमध्ये नेपाल राष्ट्र बैंकको १४।६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६।१२ प्रतिशत, लक्ष्मी सन्‌राइज (तत्कालीन लक्ष्मी) बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको ०।६२ प्रतिशत छ।

‘नेप्से पुनर्संरचना’ प्रतिवेदनमा रहेका पाँच बुँदा

नेप्सेको प्रपर भ्यालुएसन गर्ने, सीडीएस तथा नागरिक लगानी कोषको समेत वास्तविक मूल्यांकन गर्ने र यसको आधारमा नेप्सेको मूल्यांकन गर्ने,

नेप्सेको चुक्ता पुँजी तीन अर्ब बनाइने। हाल नेप्सेको चुक्ता पुँजी एक अर्ब छ,

विद्यमान धितोपत्र दर्ता निष्कासन नियमावली अनुसार चुक्ता पुँजीको ३० प्रतिशत अर्थात ९० लाख कित्ता सेयर सार्वजनिक निष्कासन (सर्वसाधारण र कर्मचारी)को प्रिमियमा सेयर जारी गरिने (हालसम्म नेप्सेले सर्वसाधारणको लागि सेयर जारी गरेको छैन),

चुक्ता पुँजीको २१।७७ प्रतिशत अर्थात ६४ लाख कित्ता सेयर स्वदेशी ‘गुड कर्पोरेट गभरनेन्स’ भएका कम्पनीलाई नियमावलीमा भएको व्यवस्था अनुसार भ्यालुएसनबाट प्रतिसेयर मूल्यलाई न्यूनतम आधार मूल्य राखी लिलामको प्रक्रियाबाट बिक्री गर्ने,

ग्लोबल प्रस्ताव मार्फत नेप्सेको १५ प्रतिशत अर्थात १५ लाख कित्ता सेयर स्वदेशी रणनीति साझेदारलाई बिक्री गरिने,

यसरी पुग्नेछ नेप्सेको तीन अर्ब चुक्ता पुँजी
हालका सेयरधनी नेपाल सरकार, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक लगायतको ३३।३३ प्रतिशत अर्थात एक अर्ब, विदेशी स्टाटेजिक पार्टनरको १५ प्रतिशत अर्थात ४५ करोड, स्वदेशी संघसंस्थाको २१।६७ प्रतिशत अर्थात ६५ करोड र सर्वसाधारण र कर्मचारीको ३० प्रतिशत अर्थात ९० करोड गरी तीन अर्ब चुक्ता पुँजी पुर्‍याइने प्रतिवेदनमा उल्लेख छ।