राष्ट्रिय कर दिवसको अवसरमा ललितपुर चेम्बर अफ कमर्स सम्मानित
News Desk
Nov-24 , 2023 तारिख 12:36 बिहान

ललितपुर । आन्तरिक राजश्व कार्यालय ललितपुर १  ले राष्ट्रिय  कर दिवस २०८० को सन्दर्भ पारेर  ललितपुर चेम्बर अफ कमर्सलाई  प्रशंसा एवम् कदरपत्रसहित सम्मानित गरेको छ ।  नेपाल सरकारको १२ औं कर दिवसको अवसरमा आयोजित कर सप्ताहको समापन कार्यक्रम माझ कार्यालयले ललितपुर चेम्बरलाई सम्मान गरेको हो ।  उक्त प्रशंसा एवम् कदरपत्र कर  कार्यालयका प्रमुख नवराज पन्थीले ललितपुर चेम्बरका अध्यक्ष  पुष्परत्न शाक्यलाई हस्ताण्तरण  गर्नुभयो । कर शिक्षा, उद्यमी व्यवसायीको कर सम्बन्धी आवश्यक जानकारी र कर कार्यालयलाई निरन्तर सहयोग गरे बापत  उक्त सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय ललितपुर १ ले जनाएको छ ।  

सो अवसरमा ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले कर व्यवसायमैत्री हुनुपर्ने, आर्थिक चलायमान कमी भएको र   बजार मूल्य बढदो रहेकाले व्यवसाय गर्न अप्ठ्यारो परिस्थिती सिर्जना भएको औंल्याउनु हुँदै निरन्तर कर तिर्दै आएका साना कारोबारी समेतलाई सम्मान गर्ने परिपाटि बसाल्न सुझाव समेत पेश गर्नु भयो ।  

कार्यक्रम माझ आन्तरिक राजश्व कार्यालय ललितपुर १  का प्रमुख कर अधिकृत नवराज पन्थीले नेपाल चेम्बर अफ कमर्सले उद्यमी व्यवसायी एवम्  कर कार्यालयलाई गर्दै आएको सहयोगको सर्हाना गर्नुहुँदै देश विकासमा करदाताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।