हेटौँडा सिमेन्ट उद्योगको घाटा १ अर्ब भन्दा बढी
News Desk
Nov-26 , 2023 तारिख 11:27 बिहान

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगको घाटा १ अर्ब भन्दा बढी पुगेको छ। विगत केहीवर्षदेखि निरन्तर घाटामा रहेको उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगका प्रबन्ध निर्देशक वसन्त कुमार पाण्डे बताउँछन्।

उनका अनुसार अघिल्लो आर्थिक बर्षको अडिट रिर्पोटमा ९० करोड घाटामा रहेको पाइएकोमा यो बर्ष १ अर्ब भन्दाबढी घाटा भएको हो।