चेम्बरका नेतृद्वय रास्वपाको केन्द्रिय पदाधिकारी चयन
News Desk
Nov-30 , 2023 तारिख 01:31 बेलुका

काठमाडौं । निजी क्षेत्रको जेठो छाता संगठन नेपाल चेम्बर अफ कमर्शसम्बद्ध दुई सफल महिला उद्यमीहरु राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा चयन हुनु भएको छ । महिला उद्यमीहरु लिमा अधिकारी र बसुमाया तामाङ्ले रास्वपाको केन्द्रिय समितिमा क्रमश: कोषाध्यक्ष र सह कोषाध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएको हो । 

लिमा अधिकारी नेपाल चेम्बर अफ कमर्सको केन्द्रिय सदस्य साथै नेपाल महिला चेम्बरको महासचिव हुनुहुन्छ भने तामाङ् नेपाल महिला चेम्बरको सदस्य हुनुहुन्छ । चेम्बरभित्र उहाँहरुलाई जुझारु महिला नेतृका रुपमा लिइन्छ । मोरङमा जन्मनुभएकी नेतृ अधिकारी पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीकी सुपुत्री र सफल उद्योगपति कृष्णप्रसाद आचार्यकी बुहारी हुनुहुन्छ । त्यस्तै, तामाङ् धादिङ जिल्लाकी हुनुहुन्छ ।