‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न
News Desk
Dec-01 , 2023 तारिख 02:06 बिहान


काठमाडौं । एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेसन एण्ड सस्टेनेबल पार्टनरसिप (एओटीएस) र सेन्टर अफ इन्टरनेशनल कोअपरेसन फर कम्प्युटराइजेसन (सीआईसीसी), जापानले संयुक्त रुपमा ‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनारको आयोजना गरेका छन । विहिवार काठमाडौं स्थित मल्ल होटलमा आयोजित उक्त कार्यक्रममा नेपाल र जापानका उद्यमी व्यवसायी, प्राध्यापक, व्यवस्थापक एवम प्राविधिकहरुको उल्लेख्य सहभागीता माझ सम्पन्न भएको हो । सो अवसरमा नेपालमा उद्यमीहरुको ज्ञान र शिपलाई अझ फराकिलो बनाउन सिआईसीसीले नेपाल एओटीएसमार्फत पारस्परिक कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता समेत भएको छ ।

कार्यक्रममा नेपाल एओटीएसका अध्यक्ष प्रशान्तलाल श्रेष्ठले नेपालमा उत्पन्न आर्थिक संकटमाझ प्रतिकुल अवस्थामा गुज्रिरहेका साना तथा मझौला उद्योगको अवस्था दयनिय रहेको उल्लेख गर्नुहुँदै शिप एवम क्षमता विकासका कार्यक्रममार्फत यस क्षेत्रलाई दिशाबोध गर्न सकिने धारणा राख्नुभयो । साथै उहाँले औपचारिक रूपमा सन १९९१ मा नेपालमा व्यवस्थापन र प्राविधिक क्षेत्रमा मानव संशाधन विकास गर्ने उद्देश्यले स्थापना भएको नेपाल एओटीएसमार्फत जापानमा एक हजारभन्दा बढी व्यवसायी तथा व्यवस्थापकहरुले तालिम लिईसकेको जानकारी दिनुहुँदै आईकोसासँगको सहकार्य एवम सम्झौताले नेपाल स्थित साना तथा माझौला व्यवसायीहरूलाई राहत मिल्ने र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताउनुभयो ।  

उक्त सेमिनार कार्यक्रम आईकोसाका प्रेसिडेण्ट प्रा। डा। कुरोस नाओहिरोले जापानको औद्योगिक विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका तथा रोजगारीको अवस्था र नेपाल एओटीएसका सल्लाहकार प्रा। दिनेश चापागाईले नेपालमा व्यवसायिक वातावरण र साना तथा मझौला उद्योग बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा विभिन्न बिषयगत क्षेत्रबाट प्रतिनिधित्व गर्दै आईकोसाकाबाट कार्यक्रममा सहभागी जापानीहरुले आ आफ्नो अनुभव सुनाउनुभएको थियो । सेमिनारमा नेपालबाट सहभागीहरुले 
नेपालको वर्तमान अवस्था, सरकारी संयन्त्र, कानुनी व्यवस्था, लगानीको वातावरण आदी बारे कुरा राख्नुहुँदै जापानले प्रतिकुलतामाझ कसरी विकासमा छलाङ मार्यो र कोभिड पस्चातको व्यवसायिक अवस्था बारे जिज्ञासा राख्नुभएको थियो । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शान्ता बाँस्कोटा, नेपाल चेम्बरकी निर्देशक सृस्‍टि त्रिपाठी लगायतको उपस्थिती रहेको थियो ।