News Desk
काठमाडौँ | व्यापार वृद्धिमा सहयोग पुर्याउन नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच सम्झौता भएको छ।
नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक हो। नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकको व्यापक छलफलपछि हस्ताक्षर भएको हो।
दुई संस्थाबीच सम्पन्न हस्ताक्षर कार्यक्रममा बैंककी कामु प्रमुख कार्यकारी अधिकृत समता पन्तले भनिन्, ‘हामी एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं। आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरिनेछ।’