News Desk
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक समीक्षा गरेको छ। राष्ट्र बैंकको बोर्ड बैठक शुक्रबार बसेर केही नीतिगत हेरफेर गर्दै समीक्षा सर्वजनिक भएको हो।
आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा
पृष्ठभूमि
१। नेपाल राष्ट्र बैंक ऐन, २०५८ द्वारा प्रदत्त मूल्य एवम्शोधनान्तर स्थिरता र वित्तीय स्थायित्व कायमगर्ने मूलभूत उद्देश्यका साथ २०८० साउन ७ गते आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति जारी गरिएको थियो । मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति, बाह्य तथा आन्तरिकआर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा आवश्यक नीतिगत व्यवस्था गरी मौद्रिक नीतिकोपहिलो त्रैमासिक समीक्षा गरिएको छ ।
मौद्रिक नीतिको पहिलो त्रयमाससम्मको कार्यान्वयन स्थिति
२ । आर्थिक वर्ष २०८०÷८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५० प्रतिशतको सीमाभित्र रहनेगरी मौद्रिक व्यवस्थापन गरिने नीति लिइएकोमा पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति७.७४ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा खासगरी खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर उच्च रहेको छ ।
३। कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चितिकायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८० असोज मसान्तमा १०.३ महिनाको वस्तु तथासेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम रहेको छ । मौद्रिक नीतिको कार्यदिशा रविप्रेषण आप्रवाहमा आएको सुधारका कारण शोधनान्तर बचत कायमै रहेकोले विदेशी विनिमयसञ्चिति वृद्धि भैरहेको छ ।
४। बैकि प्रणालीको तरलतामा आएको सुधारले गर्दा २०८० असोजमा बैंक तथा वित्तीय संस्थाहरुकोभारित औसत अन्तरबंैक दर २.२६ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाहभएको कर्जाको वृद्धि दर न्यून रहेको स्थितिलाई दृष्टिगत गरी पछिल्लो केही समय खुला बजारकारोबारबाट पर्याप्त मात्रामा तरलता प्रशोचन गरिएको छैन ।
५। आर्थिक वर्ष २०८०÷८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रतर्फ प्रवाह हुनेकर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा २०८० असोज मसान्तमा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४.० प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा४.८ प्रतिशतले वृद्धि भएको छ । विस्तृत मुद्राप्रदायमा भएको वृद्धिले तरलता सहज हुँदै गएकोछ ।
वित्तीय तथा बाह्य क्षेत्र नीतिहरुको कार्यान्वयन स्थिति
६ । आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा तय गरिएका नीतिगत व्यवस्थाहरुमध्ये सम्पत्तिशुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रिय स्तरका विकास बैंकहरुले ऋबउष्तब िब्मभत्रगबअथ ँचबmभधयचप,द्दण्ज्ञछ अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सम्बन्धी व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाटनिश्चित सीमाभन्दा बढी कर्जा÷सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बरलिनु पर्ने व्यवस्था कार्यान्वयनमा आएका छन् ।
एबनभ घ या ढ
एबनभ द्ध या ढनेपाल राष्ट्र बैंकद्द
७। आन्तरिक आर्थिक अवस्थालाई दृष्टिगत गरी चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई लचिलो बनाईकार्यान्वयनमा ल्याईएको छ । त्यसैगरी, पहिलो आवासीय घर कर्जाको सीमा वृद्धि गर्नुको साथै शेयरधितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थालाईखुकुलो बनाई कार्यान्वयनमा ल्याईएको छ । साथै, शेयर धितो कर्जाका विद्यमान सीमाहरुलाई पनिवृद्धि गरिएको छ । उपर्युक्त नीतिगत व्यवस्थापश्चात् कर्जा प्रवाहमा वृद्धि हुन थालेको देखिएको छ ।
८। विदेशी विनिमय अन्तर्गत मौद्रिक नीतिमा भएका व्यवस्थाहरुमध्ये उद्योग÷व्यवसायले गरेको विदेशीमुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमावाणिज्य बैंकमार्फत नै उपलब्ध हुने, ब्याक टु ब्याक प्रतीतपत्रको सुविधा पाउने विद्यमान व्यवस्थामानेपाल एकीकृत व्यापार रणनीतिले पहिचान गरेका वस्तुहरु थप, ड्राफ्ट÷टी.टी. र म्ब्एरम्ब्ब् कोमाध्यमबाट हुने आयातसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन, भारतबाहेक अन्य मुलुकहरूकोभ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत पाउने विदेशी मुद्रा सटही सुविधामावृद्धि, हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने अमेरिकी डलर एक लाख वा सो बराबरको अन्यपरिवत्र्य विदेशी मुद्रासम्मको विभिन्न सेवा शुल्कको भुक्तानीे वाणिज्य बैंकहरुमार्फत सोझै पठाउनसकिने व्यवस्था कार्यान्वयनमा आइसकेको छ ।
विश्व अर्थतन्त्रकोस्थिति र परिदृश्य
९। कोभिड महामारी, भू–राजनीतिक तनाब र मुद्रास्फीति नियन्त्रणका लागि अवलम्बन गरिएको कसिलोमौद्रिक नीतिका कारण विश्व अर्थतन्त्र शिथिल बनेको छ । सन्२०२२ मा ३.५ प्रतिशतले विस्तारभएको विश्व अर्थतन्त्र सन् २०२३ मा ३.० प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुनेप्रक्षेपण रहेको छ । सन् २०२२ मा २.६ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्रको वृद्धिदर सन्२०२३ मा १.५ प्रतिशतमा सीमित हुने र सन्२०२२ मा ४.१ प्रतिशतले विस्तार भएको उदीयमानतथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन्२०२३ मा ४.० प्रतिशतले वृद्धि हुने प्रक्षेपण रहेको छ ।
१०। सन्२०२२ मा ५.१ प्रतिशतले विस्तार भएको विश्व व्यापार आयतन सन्२०२३ मा ०.९ प्रतिशतलेर सन्२०२४ मा ३.५ प्रतिशतले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।
११। विकसित एवम् उदीयमान मुलुकहरुका केन्द्रीय बैंकले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिकोकार्यदिशाका कारण मुद्रास्फीति घट्ने व्रmममा रहेको छ । फलस्वरुप, कोभिड महामारी र अन्तर्राष्ट्रियभू–राजनीतिक तनाबका कारण विश्वव्यापी रुपमा उच्च रहेको मुद्रास्फीति क्रमशः कम हुँदै जानथालेको छ । सन् २०२२ मा विश्वको औसत उपभोक्ता मुद्रास्फीति ८.७ प्रतिशत रहेकोमा सन्२०२३ मा ६.९ प्रतिशत र सन्२०२४ मा ५.८ प्रतिशत रहने कोषको प्रक्षेपण छ । सन्२०२२ माविकसित र विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति क्रमशः ७.३ प्रतिशत र ९.८ प्रतिशत रहेकोमासन्२०२३ मा क्रमशः ४.६ प्रतिशत र ८.५ प्रतिशत तथा सन्२०२४ मा क्रमशः ३.० प्रतिशत र७.८ प्रतिशत रहने प्रक्षेपण छ । तर, पछिल्लो समय इजरायल–हमासबीच शुरु भएको युद्धका कारणविश्व आपूर्ति प्रणाली थप प्रभावित हुने जोखिम भने बढेको छ ।
१२ मुद्रास्फीति नियन्त्रणका लागि विश्वका अधिकांश केन्द्रीय बैंकहरुले अवलम्बन गरेको मौद्रिक नीतिकोकसिलो कार्यदिशा केही समय अझै कायम रहने देखिन्छ । अमेरिकी फेडरल रिजर्भले सन् २०२३ज्ञ अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रकाशन गरेको ध्यचमि भ्अयलयmष्अ इगतयियप, इअतयदभच द्दण्द्दघ ।
एबनभ द्ध या ढ
एबनभ छ या ढआर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाघजुलाईमा फेडरल फण्ड रेट वृद्धि गरी ५.२५–५.५० प्रतिशत पु¥याएकोमा सन् २०२३ सेप्टेम्बरमापनि सोही नीतिगत दरलाई निरन्तरता दिएको छ । बैंक अफ इंग्ल्याण्डले पछिल्लो पटक सन्२०२३अगष्टमा बैंक दर ०.२५ प्रतिशतले वृद्धि गरी ५.२५ प्रतिशत पु¥याएकोमा सन् २०२३ सेप्टेम्बरमापनि सो दरलाई निरन्तरता दिएको छ । भारतीय रिजर्भ बैंकले सन्२०२३ फेब्रुअरीदेखि रिपो रेटलाई६.५० प्रतिशत र स्थायी तरलता सुविधाको ब्याजदरलाई ६.७५ प्रतिशत कायम गरेकोमा सोदरहरुलाई सन्२०२३ अक्टुबरको मौद्रिक नीतिको समीक्षा गर्दा समेत यथावत नै राखेको छ ।
आन्तरिक आर्थिक तथा वित्तीय स्थिति
मुद्रास्फीति
१३। चालु वर्षको पहिलो त्रयमाससम्म पनि मूल्यमा चाप कायमै रहेकोछ । २०८० असोज मसान्तमावार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । २०८० असोज मसान्तमा वार्षिक बिन्दुगत आधारमाखाद्यान्न समूहको मूल्य वृद्धि ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६.८१ प्रतिशतरहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो समूहको मूल्य वृद्धि क्रमशः ८.०५ प्रतिशत र८.८५ प्रतिशत रहेको थियो ।
१४। समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षकोसोही अवधिमा १३.७३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा तलब तथा ज्याला दर सूचकाङ्क५.६५ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्ष ११.५९ प्रतिशतले बढेको थियो ।
१५। अन्तर्राष्ट्रिय भू–राजनीतिक तनाबका कारण आपूर्ति श्रृंखलामा भएको व्यवधान र अमेरिकी डलरसँगनेपाली रुपैयाँ अवमूल्यन भएका कारण उपभोक्ता मूल्यमा चाप परेको हो । खासगरी खाद्य तथा पेयपदार्थ समूहको मूल्यमा बढी चाप परेको छ । केही मुलुकहरुले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धर स्वदेशी बजार अनुगमन प्रभावकारी नहुँदा सोको फाइदा उठाउने प्रवृत्तिले गर्दा पनि मूल्यमा चापपर्न गएको छ । पछिल्लो समय मध्यपूर्वी एशियाली मुलुकमा शुरु भएको भू–राजनीतिक तनाबलेमूल्यमा थप चाप पर्न सक्ने जोखिम रहेको छ । तर, भारतमा पछिल्ला महिनाहरुमा मूल्यवृद्धि घट्न थालेको र नेपालको थोक मूल्यवृद्धि कम रहेकोले मूल्यवृद्धिमा सुधार हुने अपेक्षा रहेको छ ।
बाह्य क्षेत्र
१६। आर्थिक वर्ष २०८०÷८१ को तीन महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार १८.५ प्रतिशतलेघटेको थियो । चालु वर्षको तीन महिनामा वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा२.३ प्रतिशतले घटेको छ भने वस्तु आयात १.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतलेबढेको छ । यस अवधिमा मासिक औसत आयात रु.१३३ अर्ब ६७ करोड रहन गएको छ ।
१७। पछिल्लो समयमा छिमेकी मुलुकमा विद्युत र सिमेन्टको निर्यात बढ्न थालेको छ । यसले व्यापारघाटा न्यूनीकरण गर्न सहयोग पुगेको छ । मुलुकको आन्तरिक उत्पादन संरचनालाई दृष्टिगत गर्दाव्यापार सन्तुलनमा दिगो सुधार ल्याउन विद्युतको उत्पादन र निर्यातमा विशेष जोड दिनु पर्नेदेखिन्छ ।
१८। वैदेशिक व्यापारतर्फ सेवा खाता घाटा बढ्दै गएको छ । समीक्षा अवधिमा सेवा खाता घाटा अघिल्लोवर्षकोसोही अवधिको तुलनामा २४.५ प्रतिशतले वृद्धि भई रु.२९ अर्ब ५६ करोड पुगेको छ । समीक्षा
एबनभ छ या ढ
एबनभ ट या ढनेपाल राष्ट्र बैंकद्धअवधिमा सेवा निर्यात रु.५३ अर्ब २८ करोड र सेवा आयात रु.८२ अर्ब ८५ करोड रहेको छ । सेवाआयातअन्तर्गत शिक्षातर्फको खर्च ८४.१ प्रतिशतले वृद्धि भई रु.३२ अर्ब ९२ करोड पुगेको छ ।समीक्षा अवधिमा नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भई भ्रमण आय ५१.३ प्रतिशतलेबढेको छ । पछिल्ला महिनाहरुमा पर्यटक आगमन कोभिड पूर्वभन्दा उच्च रहन गएको छ
१९। आर्थिक वर्ष २०८०÷८१ को तीन महिनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेको छ । विप्रेषणआप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोगपुगेको छ । चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु.५९ अर्ब ९ करोड र शोधनान्तरस्थिति रु.९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालुखाता रु.३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडलेबचतमा रहेकोथियो । शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भई२०८० असोज मसान्तमा रु.१६४३ अर्ब ९ करोड पुगेको छ, जुन करिव १०.३ महिनाको वस्तु तथासेवा आयात धान्न पर्याप्त रहेको छ ।
सरकारी वित्त
२०। नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०८०÷८१को तीन महिनासम्ममा नेपाल सरकारको चालु खर्च रु.२१३ अर्ब ३९ करोड, पँुजीगत खर्च रु.१७अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च रु.४९ अर्ब ३४ करोड गरी नेपाल सरकारको कुल खर्चरु.२८० अर्ब ५७ करोड अर्थात्कुल विनियोजनको १६.० प्रतिशत रहेको छ । यस अवधिमा नेपालसरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत)रु.२१९ अर्ब ११ करोड अर्थात् बजेट लक्ष्यको १५.४ प्रतिशत हुन गएको छ । समीक्षा अवधिमासरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ०.९ प्रतिशत र राजस्व परिचालन ५.० प्रतिशतलेबढेको छ ।
२१। नेपाल सरकार, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को तीनमहिनासम्ममा नेपाल सरकारलेरु.९७ अर्ब ३१ करोड आन्तरिक र रु.९ अर्ब ४८ करोड बाह्य गरीकुल रु.१०६ अर्ब ७९ करोड ऋण परिचालन गरेको छ । यसरी परिचालित ऋण आर्थिक वर्ष२०८०÷८१ को बजेटमा प्रस्तावित ऋण परिचालनको २३.६ प्रतिशत हुन आउँछ ।
मौद्रिक तथा वित्तीय क्षेत्र
२२ । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमाप्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोकर्जा ६.४ प्रतिशतलेबढेको थियो । त्यसैगरी, वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरूको निक्षेप १४.९ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.२ प्रतिशतलेबढेको थियो । निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धि मौद्रिक नीतिमा प्रक्षेपण गरिएभन्दा न्यून रहनगएको छ । निक्षेपको वृद्धि सन्तोषजनक रहनुको साथै ब्याजदर घट्दो क्रममा रहेकोले चालु आर्थिकवर्षको अन्त्यसम्ममा कर्जा विस्तारमा सुधार हुने अपेक्षा गरिएको छ ।
२३ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.२३८ अर्ब २९ करोड गरी कुल रु.२३९ अर्ब ४९ करोडतरलता उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले स्थायीतरलता सुविधामार्फत रु.२१२२ अर्ब ७३ करोड तरलता उपयोग गरेका थिए भने यस बैंकले खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्फत रु.२३२ अर्ब ३६ करोड तरलता प्रवाह गरेको थियो ।
नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक मौद्रिक समीक्षामा ४४ बुँदा समेटिएका छन् ।