News Desk
काठमाडौं, २२ मंसिर- काठमाडौं महानगरपालिका वडा नं ४ सुकेधारा स्थित आदिमा बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभा संस्थाका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व र काठमाडौ महानगरपालिका वडा नं -४ का अध्यक्ष दिनेश महर्जनको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो । प्रमुख अतिथि महर्जनले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उट्घाटन गरे । साधारणसभामा संस्थाका संचालक समिती, सल्लाहकार समिती, लेखा समिती, विभिन्न उप-समिति, शेयर सदस्यहरु एवं अतिथिहरु गरि बाक्लो उपस्थिति रहेको थियो।अतिथिको रुपमा काठमाडौं महानगर वडा नं ४ का सदस्य सरु अधिकारी, दृश्य बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष टिका प्रसाद घिमिरे, सदस्य हुद्वराज तिमल्सिना, एम्नेष्टी इन्टरनेशनलका पूर्व अध्यक्ष सुर्य बहादुर अधिकारी,
समाजसेवी एवं त्रितत्न स्कुलका प्र.अ राजु लामा, नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य शिब प्रसाद घिमिरे, रमेश संजेल, काठमाडौं जेसिसका महासचिव श्याम घिमिरे, समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी एवं विभिन्न विद्यालयका प्र.अहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका सचिव राजेश चालिसेले स्वागत मन्तव्य राखे भने अतिथिको तर्फबाट दृश्य बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष टिका प्रसाद घिमिरेले शुभकामना मन्तव्य राख्दै यस्तो अवस्थामा पनि सहज तरिकाले वार्षिक साधारणसभा सम्पन्न गर्न सफल भएको र संस्था घाटामा नभएको देख्दा संस्था राम्रो अवस्थामा रहेको बताए ।
एम्नेष्टी इन्टरनेशनलका पूर्व अध्यक्ष सूर्य बहादुर अधिकारीले यस्तो अवस्थामा अहिले जताततै सहकारीको नकारात्मक कुरा आइरहेको र भइरहेको बेलामा पनि यो सहकारीले नाफा गरि आफ्ना सदस्यहरुलाई बोनस खुवाउन सकेकोमा खुशी ब्यक्त गर्नुपर्छ र आफ्नो संस्थाको नेतृत्व प्रति गौरब गर्न सबैलाई अनुरोध गर्नु भयो भने सबैले आफ्नो कारोबार आफ्नै सस्थाबाट गर्दा सबैलाई फाइदा हुने कुरा बताउनु भयो ।

वडा सदस्य सरु अधिकारीले केहि सहकारीले नकारात्मक कार्य गर्दा आज राम्रो काम गर्ने सहकारीलाई पनि अफ्ट्यारो परेको छ । तर यो आदिमा सहकारीले असहज परिस्थितिमा पनि सहजताका साथ आफ्ना सदस्यलाई सकारात्मक सन्देश दिन सकेकोमा सहकारीको नेतृत्वलाई धन्यवाद दिइन । नियम भित्र रहेर काम गर्दा वडा कार्यालय यहाँहरुलाई परेको बेला आवश्यक सहयोग गर्न जहिले पनि तयार रहेको कुरा बताइन् ।
कार्यक्रममा लेखा समितिका संयोजक कृष्णादेवी मुनिकारीले प्रतिबेदन पेश गरिन भने कोषाध्यक्षको प्रतिबेदन दिलिप आचार्यले प्रस्तुत गरे । अध्यक्षको प्रतिबेदन प्रल्हाद दाहालले र सचीवको प्रतिबेदन राजेश चालिसेले प्रस्तुत गरेका थिए । प्रस्तुत सबै प्रतिबेदन माथि छलफल भई उठेका प्रश्नका जवाफ आ-आफ्नो बिभाग अनुसार प्रतिबेदन पेश कर्ताहरुले दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एवं वडा अध्यक्ष महर्जनले सहकारी यो आर्थिक मन्दिको अवस्थामा पनि घाटामा नजानु राम्रो पक्ष भएको र अनावश्यक अस्वस्थ प्रतिस्पर्धा गरि पुँजी जम्मा गर्नुभन्दा यसरी नै विस्तारै आफ्नै गतिमा आफ्ना शेयर सदस्यहरुको विश्वास जित्दै अगाडि बढ्दा राम्रो हुने धारणा राखे । अध्यक्ष महर्जनले थप बोल्दै सरकारले ल्याएको नीति नियममा भने जहिले पनि रहनुपर्ने बताउँदै सहकारीको १५औं वाषिर्क साधारणसभाको सफलताको कामना समेत गरे। संस्थाका सदस्य राजु लामाले उपस्थित सबैलाई विशेष धन्यवाद दिंदै आगामी दिनमा पनि सम्पूर्ण शेयर सदस्यहरुको यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए ।
समापन समारोमा संस्थाका अध्यक्ष दाहालले यस्तो आर्थिक मन्दीले थला परेको असहज समयमा पनि संस्थालाई चलायमान बनाई सबैको विश्वास जित्न सकेकोमा संस्थाका सबै शेयर सदस्य र दैनिक कार्यमा साथ दिने कर्मचारीहरुलाई विशेष धन्यवाद दिंदै शेयर सदस्यहरुलाई आगामी दिनमा शेयर थप गर्न र अनिवार्य मासिक बचत गरि सम्पूर्ण कारोबार संस्था मार्फत नै गर्नको लागि अनुरोध समेत गरे । अन्तिममा अध्यक्ष दाहालले आजसम्म संस्थाले समयमा कर्जा नतिर्ने सबैलाई समय दिई ताकेता गरिरह्यो तर अब त्यो समय नभएकोले समयमा कर्जा नतिर्ने जो कोहिलाई पनि कानुनी उपचार गरि असुल उपर गरिने कुरा यो वार्षिक साधारणसभाबाट पास गरिने कुरा बताए।

यस वर्ष गत वर्ष जस्तो बिबिध बिदामा गरिने सम्मान र अन्य कार्यक्रम भने सबै हुन सकेनन् । कार्यक्रममा संस्थाको तर्फबाट प्रस्तुत सबै प्रतिबेदन पास गर्दै साधारणसभाको लेखिने माइन्युटमा हस्ताक्षर गर्नको लागि ८जना सदस्यको नाम छनौट , लेखा परिक्षकको छनौट, आगामी वर्षका कार्यक्रम पारित, विशेष निर्णय अपरझट गर्नपर्दाका लागि संचालक समितिलाई अधिकार प्रतियाजन गर्ने, कर्मचारी निति, कर्जा निति र संस्थाको विनियम पास गरियो ।
असल ऋणी, असल बचत कर्ता र असल कर्मचारी -२०८० भनेर सुवास राउतलाई सम्मान गरियो । साथै संस्थाका सदस्य श्याम घिमिरे काठमाडौं जेसिसमा महासचिव पदमा निर्विरोध निर्वाचित भएकाले र संस्थाका अर्का सदस्य राजु लामा युएनमा प्रतिनिधि बनेर भाग लिन जान लागेकाले सम्मान गरिएको थियो । कार्यक्रम संचालन संस्थाका ब्यवस्थापक भद्रमाया दाहालले गरेकी थिइन।