अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद
News Desk
Dec-18 , 2023 तारिख 12:46 बेलुका

काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ।

 

विपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा ४०१ बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत विपी राजमार्गबाट आएका सवारीसाधन जाँच गर्ने क्रममा सातवटा गाडीमा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको ४०१ थान बोरा बरामद गरिएको हो।