भन्सार छली ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद
News Desk
Dec-31 , 2023 तारिख 11:38 बिहान

बारा प्रहरीले भन्सार छली गरेर ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ। 

आज बिहान पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजारभन्दा बढी प्याज बरामद गरेको हो।

गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको प्रहरीले जनाएको छ। उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ। 

भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व कार्यालय पथलैया पठाएको जनाएको छ।