कागेश्वरी दुग्ध उत्पादन सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्नँ
News Desk
Jan-02 तारिख 07:31 बिहान

"कागेश्वरी दुग्ध उत्पादन सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न" 

पौष- १५, कागेश्वरी दुग्ध उत्पादन सहकारी संस्थाको १६ औं साधारणसभा संस्थाको प्राङगण कागेश्वरी - १, मा भव्यताका साथ सहकारीका अध्यक्ष रवि शरण थापाको सभापतित्वमा एवं पूर्व भौतिक पूर्वाधर मन्त्री, बाग्मती प्रदेशका रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । 

सभापति थापाले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको विभिन्न विषयमा प्रष्ट पार्दै कृषि क्षेत्रलाई पहिलो प्रथामिकता दिनुपर्ने कुरा बताए । विषेश अतिथि कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले एक सहकारी एक उत्पादनमा जोड दिनुपर्ने कुरा बताए । कार्यक्रममा अर्का विषेश अतिथि नेपाल डेरी एशोसिएनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र यसपटक इतिहासमै कठिन मोडमा रहेको र सरकारले समयमै समस्याको हल नगरे डेरी क्षेत्र ठूलो दुर्घटनामा पर्ने कुरा बताए । कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ ललितपुरका प्रमुख डा. राम प्रकाश प्रधानले पशुपालक किसानहरुलाई निरन्तर सहयोग गरिरहनु पर्ने कुरामा अब स्थानीय तह पनि लाग्नुपर्ने कुरा बताए । प्रमुख अतिथि पूर्व मन्त्री फुँयालले यस्तो जटिल अवस्थामा सहकारीले यसरी भेला गरि शेयर बोनस समेत दिन सफल भएमा खुशी ब्यक्त गर्दै सहकारीलाई धन्यवाद दिंदै आगामी दिनमा आफ्नो तर्फबाट गर्नुपर्ने सबै किसिमका सहयोग गर्न तयार रहेको कुरा बताए । सभामा सहकारीका शेयर सदस्यहरुको बाक्लो उपस्थितिमा साधारण सभा भव्यताका साथ बिधिवत रुपमा सम्पन्न भएको कुरा सहकारीका नरेश चौलागाईंले बताए। 

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अम्बर कुँवर,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ ललितपुरका प्रमुख डा. राम प्रकाश प्रधान, नियमित दुध बेच्ने किसान लगायत विविध विधामा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा मोही वितरण गरिनुका साथै मायाको चिनो स्वरुप दुग्ध पदार्थ वितरण गरिएको थियो ।