डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्नँ
News Desk
Jan-06 , 2024 तारिख 12:21 बिहान

२०८०, पौष २०, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औं वार्षिक साधारण सभा ललितपुरमा एक भब्य कार्यक्रम बिच सम्पन्न भयो । 

सोही स्थानमा काठमाडौं जिल्ला समिति र ललितपुर दुग्ध व्यवसायी समितिको पनि वार्षिक साधारणसभा संयुक रुपमा सम्पन्न भएको जानकारी काठमाडौं जिल्लाका अध्यक्ष अजित बजगाईंले जानकारी दिंदै नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो वार्षिक साधारण सभा र ललितपुर दुग्ध व्यवसायी समितिको १०औ वार्षिक साधारण सभा एकै स्थान एउटै कार्यक्रमा समेटेर गरियोको कुरा बताए । कार्यक्रम ललितपुर जिल्लाको महालक्ष्मीस्थानमा रहेको डिलाईट पार्टी भेन्युमा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेको सभापतित्व एवं प्रमूख अतिथि बागमती प्रदेश सभाकी माननीय उपसभामुख अप्सरा चापागाईंको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । 

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्याकारी निर्देशक डा. राजेन्द्र यादव, पशुसेवा विभागका प्रभाष पौडेल, नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रिय सल्लाहकार ज्ञानेन्द्र बजगाईं, पूर्व अध्यक्ष सुमित केडिया, रैथाने एग्रो प्रा.लि का शंकर गौतम , नेपाल डेरी एसोसिएसन केन्द्रिय पदाधिकारीहरु उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, सह कोषाध्यक्ष रामभक्त दाहाल, सदस्यहरुमा नवराज तिमल्सिना, शिव घिमिरे, रविसरण थापा, रमेश सञ्जेल, निराजन कोइरालाको उपस्थिति रहेका थियो ।

कार्यक्रममा बागमति प्रदेश, ललितपुर दुग्ध व्यवसायी समिति र काठमाडौं जिल्ला समितिका पदाधिकारीहरु एवं सदस्यहरु, दुग्ध उत्पादक किसान, सरोकारवाला निकायका प्रतिनिधिहरु, पत्रकारहरु र एसोसिएसनका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सहजीकरण बागमती प्रदेशका सचिव श्याम घिमिरेले गरेका थिए भने नेपाल डेरी एसोसिएसनको गित सुनाउँदै सबैलाई स्वागत गरिएको थियो । कार्यक्रममा स्वगत मन्तव्य एसोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष अजित बजगाईंले गरे भने प्रमूख अतिथि उपसभामुखले पानसमा बत्ती बाली कार्यक्रमको उट्घाटन गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै रैथानेका शंकर गौतमले आजको कार्यक्रममा स्थान दिइएकोमा एसोसिएसनलाई आभार प्रकट गर्दै मोही अभियानमा डेरी एसोसिएसनको ठूलो सहयोग रहेको बताए । 

बागमती प्रदेश, काठमाडौं जिल्ला र ललितपुर समितिको संयुक्त कार्यक्रममा देखिएको रौनकतालाई खुशी व्यक्त गर्दै दुग्ध व्यवसायीको हालको पिडा र समस्याबारे स्पष्ट पार्दै यो समस्या हल गर्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गर्दै नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले आफ्नो भनाई राख्नु भयो । 

एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले हाल दुध तथा दुग्ध पदार्थ मौज्दात रहेको र त्यो समस्याको समाधानका लागि केन्द्र र प्रदेश सरकारले पहल गरि छिटोभन्दा छिटो समाधान निकाल्नुपर्ने बताउनु बताउँदै नेपाल डेरी एसोसिएसन आफैं बंगलादेशमा बजार खोज्न गई त्यहाँ धुलो दुध निर्यात गर्न सक्ने गरि आफूहरुले पहल गरेको कुरा अध्यक्ष दाहालले बताए। 

कार्यक्रममा दुग्ध क्षेत्रमा योगदान पुर्‍याउने पत्रकार, दुग्ध व्यवसायी र किसानलाई सम्मान गरिएको थियो । सम्मान पाउनेहरुमा दिर्घ सेवा सम्मान – २०८० बाट एसोसिएसनका पूर्व केन्द्रिय सदस्य बद्रि प्रसाद ढकाल, उत्कृष्ट डेरी सम्मान कुमार तिमल्सिना, माता मनकामना डेरी उद्योग, बनेपा–८, सिनागाल, काभ्रे र दुग्ध क्षेत्रलाई माया गरि विभिन्न समाचार सम्प्रेषण गरि समस्यालाई उजागर गरि डेरी क्षेत्रमा सहयोग गर्ने पत्रकार नबराज बजगाईं नव क्षितिज साप्ताहिक काभ्रे, डेरी क्षेत्रलाई धेरै माया गर्ने पत्रकार मधुसुदन गुरागाईं काभ्रे, शिखर श्रेष्ठ सानदार मिडियालाई पनि सम्मान गरियो भने नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानलाई साथ दिई नेपाल डे्री एसोसिएसन र रैथाने एग्रो पडक्टस प्रा.लि. बिच भएको सम्झौता अनुसार प्रत्येक शनिबार दरवारमार्गमा स्थानिय रैथाने उत्पादनको हाट बजारमा निःशुल्क मोही पिलाउने अभियानमा साथ दिई अभियानलाई मोही अभियन्ताका रुपमा कार्य गर्नु हुने शिव आचार्यलाई पनि सम्मान गरिएको थियो भने मोही अभियानमा दहि उपलब्ध गराउने एसोसिएसनका सदस्यहरु क्रमशः टिका प्रसाद घिमिरे, टिका डेरी उद्योग, ताल्छिखेल, ललितपुर, रवि शरण थापा, कागेश्वरी डेरी, कुमारीगाल, काठमाडौं, संचालक रमेश सञ्जेल, रश्मी एण्ड रोजन डेरी, हात्तिवन, ललितपुर, संचालक दिपक सञ्जेल, भैंसेपाटी डेरी सेन्टर, भैसेपाटी, ललितपुर, संचालक दिप प्रसाद धमला, धमला डेरी प्रडक्ट्स, घट्टेकुलो, संचालक नवराज तिमल्सिना, काभ्रेली दुग्ध सागर प्रा.लि, घट्टेकुलो, संचालक शिव घिमिरे, ढुंखर्क डेरी, शान्तिनगर, संचालक चेतनाथ दाहाल, विन्धवासीनी डेरी उद्योग, बुढानिलकण्ठ,। संचालक जिवन धमला, कामधेनु डेरी प्रा.लि., भक्तपुर, संचालक कृष्ण प्रसाद सञ्जेल, पानोरमा डेरी, ताल्छिखेल, ललितपुर, संचालक हुद्धराज तिमल्सिना, श्री महालक्ष्मी डेरी, महालक्ष्मीस्थान, संचालक दिपक ढुंगाना, ड्रागन डेरी उद्योग, नुवाकोट, संचालक प्रकाश मुडभरी, अर्जुन डेरी फर्म, नुवाकोट, संचालक मधु न्यौपाने, मधु डेरी सप्लायर्स, नुवाकोट, संचालक श्याम घिमिरे, पलाञ्चोक डेरी उद्योग, सुकेधारा, संचालक ध्रुव तिवारी, खुशी डेरी उद्योग, लामाबगर, काठमाडौं, संचालक दिपक तिमल्सिना, संगम डेरी, भैंसेपाटी, संचालक ज्ञानेन्द्र बजगाईं, बजगाईं डेरी उद्योग, पोखरा–२६, कास्कीलाई पनि प्रंशसा पत्र प्रदान गरिएको थियो ।