१७० चिनियाँ तीर्थयात्री लिएर आएको विमान भैरहवा अवतरण
News Desk
Jan-20 , 2024 तारिख 12:03 बेलुका

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ तीर्थयात्री लिएर जहाज अवतरण गरेको छ।

शुक्रबार १७० चिनियाँ तीर्थयात्री बोकेर आएको चार्टर्ड विमान सो विमानस्थलमा अवतरण गरेको नेपालका लागि चिनियाँ राजदूत छन सोङले जनाएका छन।

लुम्बिनीमा आयोजित धार्मिक कार्यक्रममा भाग लिन चिनियाँ तीर्थयात्री नेपाल आएका हुन।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणपछि राजदूत सङले खुशी प्रकट गर्दै, ‘चीन र लुम्बिनी बीचको नयाँ हवाई पुल, हाम्रो मनलाई नजिक ल्याउने पुल,ं लेखेर ट्विट गरेका छन ।