News Desk
दोहा, कतारमा बसेर विभिन्न ब्यावसाय गर्दै सामाजिक कार्यमा पनि निरन्तरता दिएका युवा व्यवसायी उत्तम गुरुङले कतारको मुग्लीनामा रहेको भिआईपी होटलमा ‘भिआईपी लाउन्ज’ एन्ड बार संचालनमा ल्याएका छन । केही दिन पहिले मात्र अर्को नाइट क्लबको शुरुवाती गरेका गुरुङले ‘भिआईपी लाउन्ज’को शुक्रबार एक कार्यक्रमको साथ उदघाटन गरेका हुन ।
चर्चित गायिका मिलन नेवार, चर्चित गायक कृष्ण रेउले र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले संयुक्तरूपमा रिबन र केक काटेर उक्त लाउन्जको समुदघाटन गरेका छन । समुदघाटन पश्चात बोल्दै गायिका नेवारले गुरुङलाई बधाई दिँदै लाउन्जको शाखा दर्जनौ ठाउँमा फैलाउनको लागी शुभकामना ब्यक्त गरिन । गायक रेउलेले कतारमा पनि नेपाली व्यवसायीहरू बढ्दा देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खुशी ब्यक्त गरे ।
कार्यक्रमको उदघाटन गर्दै एनआरएनए अध्यक्ष एबं नेपाली ब्यावसायी संघ कतारका महासचिव रमेश भट्टले संचालक गुरुङलाई बधाई दिँदै लाउन्जको सफलताको शुभकामना ब्यक्त गरे । उनले एनआरएनए र नेपाली ब्यावसायी संघ कतार नेपाली ब्यावसायीहरुलाई सक्दो सहयोग गर्न तत्पर रहेको बताए ।
उक्त कार्यक्रममा कतारमा रहेका विभिन्न संघ सँस्थाका प्रतिनिधी लगाएत उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।
२४ सै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित समुदघाटन गरिएको लाउन्जमा चिया, कफी, हुक्का, विभिन्न देशका खानाका परिकारसहित पेय पर्दाथहरु उपलब्ध रहने संचालक गुरुङले बताए । भिआइपी होटलको ग्राउण्ड फ्लोरमा रहेको लाउन्जमा चौबिसै घन्टा आफूहरू सेवामा तयार रहने सञ्चालक गुरुङले जनाउदै उक्त लाउन्ज आफ्नो मात्रै नभई कतारमा रहेका सबै नेपालीको भएकाले यसलाई माया गर्न आग्रह गरे ।
मध्यपुर्वको कतार अहिले नेपाली ब्याबसायीहरुको हव नै बनेको छ । यहाँ रहेका नेपाली ब्यावसायीहरुले बिभिन्न क्षेत्रहरु कन्ट्रसन,रेस्टुरेन्ट,मेडिकल,क्लव,लाउन्ज,बार लगाएतका क्षेत्रमा ठुलो लगानी गरिरहेका छन ।