News Desk
काठमाण्डौं । ‘नेपाल चेम्बर एक्स्पो २०२४’ फाल्गुण २४ देखी २८ सम्म आयोजनामा आउने भएको छ । सातौं संस्करणको यस चेम्बर एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्सले भृकुटिमण्डपमा आयोजना गर्न लागेको हो । एक्स्पोमा कृषि, साना तथा घरेलु, पहिरन, अफिस एण्ड होम डेकोर, पुस्तक, किचेन वेयर, होम अप्लाईन्स एण्ड इलेक्ट्रोनिक्स, घर जग्गा, फूड एण्ड बेवरेज, निर्माण सामग्री, सवारी साधन, हेल्थ एण्ड केयर संबन्धी स्टलहरु रहने छन् । मुलुक आर्थिक समृद्धितर्फ उन्मुख रहेकोले राष्ट्रको विकासका लागि निजीक्षेत्रको सक्रिय सहभागिताका लागि यो कार्यक्रम गरिन लागेको चेम्बरको भनाइ छ ।
एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिईएको छ । अन्तरराष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न एक्स्पो सहयोगी बन्ने चेम्बरले बताएको छ ।
नेपाल चेम्बर एक्स्पो २०२४ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली निर्यातलाई सहयोग पुर्याउन र अन्तर्राष्ट्रिय सहभागीहरूलाई नेपालमा व्यावसायिक सम्भावनाहरू प्रस्तुत गर्न वाणिज्य र व्यापारको लागि अवसरका रूपमा काम गर्ने चेम्बरले जनाएको छ । एक्स्पोले वाणिज्य र व्यापारलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने प्रयासमा व्यापार र व्यवसायलाई सँगै ल्याउन र विश्वव्यापी अवसर ट्यागलाइनको साथ अभियानको रूपमा संरचित गर्ने पनि चेम्बरले छ।
एक्स्पोका लागि चेम्बरले स्टल बुकिङ समेत खुला गरेको छ । ५० हजार भन्दा बढिले मेला भर्ने प्रक्षेपण चेम्बरले गरेको छ ।