News Desk
नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले देबदह - ९ , भलुही , बाघकुमार रुपन्देहीमा आयोजना भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव-२०८० मा दुध तथा दुग्ध पदार्थ वितरण गरेको छ ।
नेपाल डेरी एसोसिएसनले आफ्ना विभिन्न महत्वपूर्ण समयमा विभिन्न स्थानमा दुध तथा दुग्ध पदार्थ वितरण गर्ने गरेको छ । यसरी दुध तथा दुग्ध पदार्थ वितरण गर्दा सम्बन्धित स्थानमा पनि केहि सहयोग पुग्ने छ भने दुध तथा दुग्ध पदार्थ बारे जानकारी पनि हुनेछ ।
डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार लुम्बिनी प्रदेशका थुप्रै स्कुल, अस्पताल, सामाजिक संघ सस्था सबै स्थानमा नियमित खुवाउने गरिएको छ । एसोसिएसनका सहसचिव शिव भुसालका अनुसार नेपाल डेरी एसोसिएसनले देशैभर समय समयमा यस्ता कार्यहरु गर्ने गरेको बताए । एसोसिएसन लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्ण भट्टराईका अनुसार नेपाल डेरी एसोसिएसनले गरेका हरेक कार्य सकारात्मक भएका र हरेक सदस्यले साथ दिइएका कारण नै आज एसोसिएसनको हाइट बढ्दै गएको कुरा बताए।
नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हादले देशैभर आफ्नो संगठनका सदस्यहरुले गरेका यस्ता सकारात्मक गतिविधिले आफू अत्यन्तै खुशी रहेको र अरु काम गर्न थप हौसला मिलेको बताए । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रका हरेक विषयमा आफ्ना धारणा स्पष्ट राख्दै नेपालको डेरी क्षेत्रमा आफ्नो योगदान दिइरहेको छ ।