News Desk
काठमाडौं । तीन फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकबाट कार्वाहीमा पर्ने फाईनान्स कंपनीमा प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स रहेका छन् ।राष्ट्र बैंकले प्रोगे्रसिभ फाइनान्सका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत सहित कारबाही गरेको हो । प्रोग्रेसिभ र गुडविललाई नसिहत दिएको राष्ट्र बैंकले गुहेश्वरीलाई सचेत गराएको छ ।
राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले महर्जन विजनेश एशोसियट्स प्रा।लि। लाई कर्जा प्रवाह गर्दा कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको छ ।
बैंकले पारिपासु सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा ९२० को खण्ड ९क० बमोजिम नसिहत दिइएको जनाएको छ ।
राष्ट्र बैंकले गुडविल फाइनान्सका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई पनि कारबाही गरेको छ । राष्ट्र बैंकको स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सुदपयोगिता सुनिश्चित नगरी महर्जन विजनेश एशोसियट्स प्रा।लि। लाई कर्जा प्रवाह गरेको पाइएकोले त्यस्तो कर्जा लगानीको निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ ९क० बमोजिम नसिहत दिइएको छ ।
यस्तै गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सका सीईओ पनि राष्ट्र बैंकको काबारहीमा परेका छन् । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७९ को निर्देशन नं। ८ को बुँदा नं। ३ को उपबुँदा ९४० मा भएको व्यवस्था विपरित संस्थाले आर्थिक वर्ष २०७९र८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको शेयर बिक्री गरी यस बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड ९क० बमोजिम सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन समेत दिइएको जनाइएको छ ।