News Desk
काठमाडौं । आजदेखि काठमाडौंमो भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२४’ सुरू भएको छ ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले एक्सपो उद्घाटन गरे ।
स्थानीय उत्पादन प्रवर्द्धन एवम बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आजदेखि सुरू भएको मेला आगामी २८ गतेसम्म चल्ने छ ।

एक्स्पोमा घर–जग्गा व्यवसायी, हस्तकलाका वस्तु, खाद्य एवम पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोज्ञ सामग्रीहरू प्रदर्शनमा रहने छन ।
यस्तै, नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभलपर्स एसोसिएसन (एनएलएचडीए) ले साना तथा ठूला घरजग्गा व्यवसायी र खरिदकर्ता तथा बिक्रेतालाई लक्षित गर्दै पाँच वटा स्टल उपलब्ध गराउने छ । एक्स्पोमा, अवलोकनकर्ताहरूले प्रदर्शनमा राखिएका प्लटिङ, हाउजिङ, भिल्लाहरूको बारेमा जानकारी लिन सक्नेछन ।
