News Desk
काठमाण्डौ । नेपाल डेरी एशोसिएसनले शुरु गरेको मोही अभियानले सार्थकता पाउदै गएको छ । करिब ४० हप्ता अघि शुरु भएको मोही सेवन गराउने कार्यक्रमले गति लिदै गरेकोमा नेपाल डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहाल खुसी व्यक्त गर्नु हुन्छ ।रन फर प्रोटिन हाफ म्याराथन कार्यक्रममा पनि म्याराथन धावकहरुलाई मोही सेवन गराईनु एशोसियसनले शुरु गरेको अभियानको प्रभाव भएको उहा बताउनुहुन्छ ।
हालसम्म करिब १० हजार जनालाई कार्यक्रम पछि मोही सेवन गराइएको एशोसियसनका अध्यक्ष दाहालले जानकारी समेत दिनु भयो । ंयो नै अभियानको सफलता हो । राम्रो काम शुरु गर्नुपर्छ ढिलो चाँडो पक्कै सफलता मिल्छ । अहिले पनि नेपाल डेरी एसोसिएसनले प्रत्येक शनिवार दरबार मार्गमा रहेको ओरेण्ट क्याफेमा लाग्ने रैथाने कृषि उपजको बिक्री मेलामा ठेकी प्रत्यक्ष तुल्याई आउने सबैलाई अभियानकै रुपमा मोही सेवन
गराइने गरेको छं उहाले अभियान बारे जानकारी दिदै भन्नुभयो । नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानले सार्थकता पाएको बताउदै दाहालले मोहि सेवन गराउन र अभियानलाई साथ दिएकामा आयोजक टिमलाई नेपाल डेरी एसोसिएसन परिवार विशेष धन्यवाद दिन चाहेको उल्लेख गर्नुभयो ।