पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढ्यो
News Desk
Apr-01 , 2024 तारिख 12:05 बेलुका

नेपाल आयल निगमले गए रातिबाट लागु हुनेगरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेकाले यसो गर्नुपरेको निगमले उल्लेख गरेको छ।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ४।७६ रुपैयाँ बढेको निगमले उल्लेख गरेको छ। डिजेल‚ मट्टितेल र ज्ञ्ाँसको मूल्य भने यथावत रहेको बताइएको छ।