प्लाष्टिक इन्जेक्सन मोडलिङ मेशिन अप्रेटर सम्वन्धि कामदारहरुको लागि थप सिप तालिमको समापन
News Desk
Apr-11 , 2024 तारिख 09:10 बिहान

भरतपुर/वागमती प्रदेश उद्योग परिसंघको आयोजना र चितवन उद्योग संघको सह–आयोजनामा प्लाष्टिक इन्जेक्सन मोडलिङ मेशिन अप्रेटर सम्वन्धि कामदारहरुको लागि थप सिप तालिमको समापन गरिएको छ । 

बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा बामगती प्रदेश उद्योग परिसंघका व्यवस्थापक जगन्नाथ लामिछानेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा इन्स्योर परियोजनाका टेकनिकल कोअडिनेटर चक्रपाणी तिमिल्सिना, चितवन उद्योग संघका उपाध्यक्षहरु गोपाल प्रसाद गैरेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई सल्लाह, सुझाव दिनुभएको थियो । त्यस्तै प्रशिक्षक तरुण ठाकुरले आफूले सिकेको सिपलाई तालिम पश्चात पनि प्रयोगमा ल्याउन प्रशिक्षार्थीहरुलाई आग्रह समेत गर्नुभयो । 

त्यस्तै प्रशिक्षार्थीहरुको तर्फबाट नारायण प्रसाद पौडेल, संगम घिमिरेले तालिम निकै फलदायी र उपयोगी भएको हुँदा आफूहरुले तालिमबाट सिकेको सिपलाई अन्यत्र सदुपयोग गर्ने समेत बताउनुभयो । 

तालिम समापन कार्यक्रममा चितवन उद्योग संघका कार्यसमितिहरु सुरेन्द्र कार्की, शेषमणी भट्टराई, इन्स्योर परियोजनाका फिल्ड मनिटर रक्षा आचार्य, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो । तालिम चैत्र १३ गतेदेखि सञ्चालन भएको थियो । 

चितवन उद्योग संघका पाठशाला अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमलाई बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।