News Desk
काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं ९एनसीआईसीके०को भर्चुअल मेला आयोजनामा आएको छ । शुक्रबार सुचना तथा प्रविधि मन्त्री रेखा शर्माले मेलाको समुद्घाटन गर्नुभयो । मेला उद्घाटन गर्दै मन्त्री शर्माले भर्चुअल मेलाले विश्वव्यापी रुपमा पहिचान दिलाउन सकोस भन्नुहुदै आर्थिक विकासका लागी राज्यले कृषि, उर्जा र पर्यटनसँगै पछिल्लो समय सुचना प्रविधिलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो । काठमाडौं जिल्ला मा पूँजी लगानी गरि उद्योगी व्यापारीको हितमा काम गर्दै आएको संघले आयोजना गरेको प्रविधिमा आधारित मेला पृथक रहेको समेत औंल्याउनुभयो।
सो अवसरमा संघका अध्यक्ष दिनेश श्रेष्ठले वर्तमान डिजिटल युगको सदुपयोग गर्दै देशभरिका मानिसहरूले अवलोकन गर्नसक्नेगरी संघले पहिलोपटक अनलाइनमार्फत ‘भर्चुअल मेला’ आयोजना गरिएको बताउनुभयो । अहिलेको युग डिजिटल युग रहेकाले भर्चुअल रुपमा गरिने प्रदर्शनीले नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुहुँदै यसले व्यवसायलाई पनि थप चलायमान बनाउन सहयोग गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कमलेश कुमार अग्रवालले पहिलो पटक आयोजनामा आएको भर्चुअल मेलाले नेपाली वस्तु तथा सेवालाई विश्वव्यापी गर्न सकिने आधार खडा गर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्यले देशैभर भएका ऊद्योग वाणिज्य संघलाई समेटन सकिने हुदाँ भर्चुअल मेला फलदायी हुने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले यसरी मेला गर्दा आफ्नो सामानबारे अनलाइनबाटै जानकारी दिन सकिने र एक ठाउँबाट अर्को ठाँउमा धाउनु नपर्ने भएकाले सबैलाई सहज हुने विश्वास आफूले लिएको बताउनुभयो ।
संघका मेला समिति संयोजक उज्वलजंग पराक्रम शाहले र्चुअल मेलाले व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा पुग्ने बताउनुभयो । ‘डिजिटल युगको सदुपयोग गरेर आगामी कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरिएको र एक महिना अवधिसम्म मेला संचालनमा रहने पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश अध्यक्ष लगायतले बोल्नुभएको थियो ।