नेपाल दक्षिण एसियाकै ग्रिन इनर्जी हब (हरित ऊर्जा) बनिरहेको छ : भारतिय राजदूत
News Desk
Apr-29 , 2024 तारिख 11:56 बिहान

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल दक्षिण एसियाकै ग्रिन इनर्जी हब (हरित ऊर्जा) बनिरहेको बताएका छन। 

नेपालले जलविद्यु्त भारतमा निर्यात गर्नथालेको र भर्खरै मात्र बंगलादेशमा समेत निर्यात गर्न त्रिदेशीय सम्झौता भएको उल्लेख गरे। सोही कारण दक्षिण एसियाकै ग्रिन इनर्जी हब बन्नलागेको उनको भनाइ छ। 

तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै राजदूत श्रीवास्तवले नेपाल र भारतको सुमधुर सम्बन्धको समेत चर्चा गरे। 

भारत सरकारले छिमेक पहिलो नीति अंगीकार गर्दा नेपाललाई पहिलो प्राथमिकतामा राखेको पनि उल्लेख गरे। 

नेपालमा भारतले पूर्वाधारदेखि मोबाइल प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनले बताए।