यूएसएडले ल्यायो सात स्थानमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा
News Desk
Apr-29 , 2024 तारिख 01:19 बेलुका

अमेरिकी सहयोग नियोग यूएसएडअन्तर्गतको ऊर्जा नेपाल कार्यक्रमले बागमतीका सात स्थानमा विद्युतीय गाडी चार्जिङ गर्ने झण्डै २ दर्जन स्टेसन सञ्चालनमा ल्याएको छ। 

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार २३ वटा इलेक्ट्रिक भेहिकल (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा आएका छन। 

अमेरिकी सरकारले यूएसएड नेपालमार्फत नेपाल सरकारलाई सन २०४५ सम्ममा नेट जिरोसम्बन्धी जलवायु लक्ष्य हासिल गर्न र जीवाश्म इन्धनमाथि नेपालको निर्भरता घटाउन सहयोग गरिरहेको छ। 

नेपाललाई आफ्ना जलवायु लक्ष्य र आर्थिक विकासका लक्ष्य पूरा गर्न ईभी अपनाउन महत्त्वपूर्ण छ।