सन् २०४५ भित्र नेपालको कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने घोषणा
News Desk
May-14 , 2024 तारिख 10:02 बेलुका

काठमाडौं,०१ जेठ। काठमाडौं। सरकारले सन २०४५ भित्र नेपालको कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने घोषणा गरेको छ।

 

मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन।

‘२०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाष्म ऊर्जालाई स्वच्छ एवं नवीकरण ऊर्जाले विस्थापन गर्ने कार्य योजना तयार गरिनेछ,’ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भनेका छन।