सरकारले ल्यायो प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम
News Desk
May-14 , 2024 तारिख 10:54 बेलुका

काठमाण्डौ, ०१ जेठसरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएको छ।

मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रमबारे जानकारी गराएका हुन।

‘महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले सरकारका नीति तथा कार्यक्रमको यो कार्यक्रम पढ्दा दिर्घामा रहेकाहरुले हासो थाम्न सकेनन । हल हासोले गुञिएको थियो ।