आगामी दशक सूचना प्रविधिको दशक, ५ हजारलाई रोजगारी दिने घोषणा
News Desk
May-14 , 2024 तारिख 11:05 बेलुका

सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ। मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवयेर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवयेरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने पनि बताए। 

उनले सूचना प्रविधिलाई डिजिटल आधारको रुपमा लिइ सामाजिक आर्थिक रुपान्तरण गर्ने आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइने बताए

उनले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रुपमा विकास गरिने उल्लेख गरे। उनले काठमाडौँ उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरुमा सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी कम्तिमा पाँच हजार रोजगारी सिर्जना गरिने बताए।

उनले भने, ‘सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवयेर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवयेरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने छ। काठमाडौँ उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरुमा सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी कम्तिमा पाँच हजार रोजगारी सिर्जना गरिने छ।’