News Desk
काठमाण्डौं, जेष्ठ १९ । जुन १ तारिखका दिन पर्ने १४औं दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । सोमबारस्वयम्भु, भगवानपाउ स्थित त्रिरत्न आवासिय विद्यालयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा मिलन धर्मस्थली स्कुलमा कक्षा ९ मा अध्ययनरत कृष्टिना सिम्खडा प्रथम, गोल्डेन गार्डेन स्कुलमा कक्षा ९ मा अध्ययनरत अमृता राना द्वितीय र पद्मकन्या मा।वि को कक्षा ९ मा अध्ययनरत छात्रा मदिमा न्यौपानेले तृतीय स्थान हासिल गर्नुभएको छ । त्यस्तै प्रतियोगिता अन्तर्गत सन्त्वना स् मृदुला अर्याल, कक्षा १०, अनमोल ज्योति स्कुल कक्षा १० की छात्रा मृदुला अर्याल र मेघा पब्लिक स्कुल कक्षा ८ का छात्र विबेक ढुंगानाले सान्त्वना पुरस्कार जित्नुभएको छ ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक दिप प्रसाद धमलाले शब्दद्वारा उपस्थिति सबैलाई स्वागत गर्नुभएको थियो भने प्रमूख अतिथि डा बालक चौधरीले विद्यालयका बालबालिकालाई दुधपान गराई नेपाल डेरी एसोसिएसनको गित समेत बजाउनुभई कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा निर्णायक मण्डलमा साहित्यकार उषा आचार्य र सरस्वती पाण्डे ९सरस० रहनु भएको थियो । प्रतियोगितामा १५ विद्यालयबाट ३० जना विद्यार्थीहरुले भाग लिएका थिए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले कार्यक्रममा भाग लिने सबैलाई धन्यवाद दिँदै हरेक स्कुलमा यस्ता कार्यक्रमहरु गर्दै जानुपर्ने कुरा बताउनुभयो। कार्यक्रममा विशेष अतिथिको रुपमा रहनु भएका डिवि बस्नेतले यस वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने नेपाल डेरी एसोसिएसनलाई धन्यवाद दिदै दूध तथा दुग्ध पदार्थ प्रयोग गर्नको लागि सबैलाई आह्वान गर्नु भयो। कार्यक्रमका सभापति एवं नेपाल डेरी एसोसिएनका अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रम समापनमा यस्ता कार्यक्रमहरू हरेक स्कुलमा हरेक वर्ष गर्दै जाने र स्कुलहरुमा दूध तथा दुग्ध पदार्थको वितरण गरी अन्य पेय पदार्थभन्दा दूध, महि, दहि, लस्सी सेवन गर्नको लागि आह्वान गर्दै नेपाल डेरी एसोसिएसन सधैं दुग्ध क्षेत्रको प्रबर्द्धनमा लागिरहेको कुरा राख्नुभयो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा बालक चौधरीले उपस्थित सबैलाई धन्यवाद दिँदै प्रतियोगितामा विजयी हुने विद्यार्थीहरु एवं विद्यालयलाई प्रमाणपत्र, शिल्ड, मेडल र पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा उहाँले नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन भएको र बोर्डले सधैं एसोसिएसनले गरेका क्रियाकलापमा साथ दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै आफूले धेरै पहिलादेखि सानो कक्षाका विद्यार्थीहरुलाई नियमित दुध सेवन गराएको कुरा समेत बताउनुभयो । उपस्थित अथितिहरुलाई दुग्ध पदार्थ समावेश मायाको चिनो प्रदान गरिनुको साथै सबैलाई महि सेवन गरार्इएको थियो।
कार्यक्रममा पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहाल, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, एन प्याब्सन केन्द्रिय उपाध्यक्ष डम्बर कार्की, स्कुलस् फोरमका अध्यक्ष जयराम लामिछाने, त्रिरत्न स्कुलका प्र।अ एवं समाजसेवी राजु लामा, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, वक्तृत्वकला प्रतियोगीताका संयोजक एवं उपाध्यक्ष दिप प्रसाद धमला, मनोजकुमार घिमिरे,नेपाल डेरी एसोसिएसन, सह कोषाध्यक्ष रामभक्त दाहाल, केन्द्रिय सदस्य, नवराज तिमल्सिना, रविसरण थापा, शिव घिमिरे, रमेश सञ्जेल, बागमती प्रदेश उपाध्यक्ष ध्रुव तिवारी, उपाध्यक्ष गोपाल तिमल्सिना, सचिव श्याम घिमिरे, काठमाडौं जिल्ला अध्यक्ष अजित बजगाईं, नुवाकोट अध्यक्ष बालकृष्ण ढुंगाना ९ दिपक० नुवाकोट(काठमाडौ सम्पर्क समिती का संयोजक देवराज बजगाई, काठमाडौं जिल्ला उपाध्यक्ष लिलानाथ दाहाल, सचिव बिदुर तिमल्सिना, कोषाध्यक्ष अरुण महर्जन, सदस्य चेतनाथ दाहाल सहित दुग्ध उद्योगी सदस्यहरु एवं १५ विद्यालयका प्र अ, विद्यार्थीहरु, शिक्षक शिक्षिका गरि करिव ६०० जनाको उपस्थिति रहेको थियो ।