News Desk
काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट खर्च १५ खर्ब ३० अर्ब रुपैयाँ हुने जनाएको छ । अर्थ मन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालु आ। ब। मा ८७ प्रतिशतमात्र खर्च हुने अनुमान गरेका हुन् ।
सरकारले चालू आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएकोमा आफैंले ल्याएको बजेट संशोधन गर्दै निवर्तमान अर्थमन्त्री प्रकाशरण महतले १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेका थिए । महतले चालुतर्फ १० खर्ब ७ अर्ब, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब रूपैयाँ खर्च हुने बताएका थिए ।
अर्थमन्त्री पुनले पनि महतले नै भनेअनुसार १५ खर्ब ३० अर्ब खर्च हुने अनुमान पेश गरेका छन्। यदपि चालू आवमा चालुतर्फ १० खर्ब ६७ अर्ब, पुँजीगततर्फ २ खर्ब १५ अर्ब र वित्तीय व्यवस्थातर्फ पुँजीगतभन्दा बढी अर्थात् २ खर्ब ४७ अर्ब रुपैयाँ खर्च हुने अनुमान पुनले पेश गरेका छन् ।